ख्वापा नाट्यशालामा इन्द्र कुमारीको मनोवेदना देखाइने

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७३, आईतवार

काठमाडौं । बरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित ऐतिहासिक तथा नारि प्रधान नाटक “मनोवेदना” अव मञ्चनमा आउने तयारी छ । ख्वापा नाट्यशालामा करिव एक महिना देखी उत्त नाटकलाई कलाकारहरुले रिहर्सल गरिहेका छन् । ऐतिहासिक नाटक भएका कारण पनि उत्त नाटक प्रस्तुत गर्नु निकै गाह्रो कुरा हो । यसै गाह्रो कुरालाई सहज रुपमा अभ्यास गराउदै छन् भोला अधिकारी ।
२०५६ सालमा वगर भन्ने पत्रिकाले उत्कृष्ट नाटकका रुपमा छापेको थियो ।

13023245_1001717396548445_1965494374_n

उत्त ऐतिहासिक नाटकलाई भोला अधिकारीले रिहर्सल गराई रहेका छन् । लामो समय देखी नाटकमा अभिनय गर्दै आएका भोला अधिकारी यसै नाटकबाट निर्देशनमा डेव्यु गर्दै छन् । हामीले सुन्दै र पढ्दै आएको ऐतिहासिक नाटकलाई मञ्चमा उतार्न लागीएको भोलाले बताए ।

यस नाटकमा १७९४ साल तिरको परिवेशलाई समेटिएको छ । पृथ्वी नारायण शाहले एकिकरणको वेलामा मकवानपुर राज्यकी राजकुमारी इन्द्र कुमारी सेनसँग विवाह गरे । तर राजा हेमकर्ण सेनले विवाह भएकी छोरीलाई पृथ्वी नारायण शाह अर्थात ज्वाईलाईसाथ लगाएर पठाउन सकेनन् । गोरखाका राजा पृथ्वी नारायण शाह वेहुली नलिई रित्तै फर्केका थिए । दुलही भएर नि दुलाहको घर जान नपाएकी इन्द्र कुमारीको पिडालाई यस नाटकमा प्रस्तुत गरिएको छ ।

13046057_1001717483215103_2012710182_n
मनोवेदना नाटक बैशाख ११,१८र २५गते मञ्चन हुने निर्देशक भोला अधिकारीले जानकारी दिएका छन् । ऐतिहासिक यस नाटकमा उमा तामाङ,प्रदिप खड्गी, प्रदिप नेपाल,दिपु माया तामाङ,सुमित्रा मगर,अर्जुन बोहोरा,शिवानी बोहोरा,सविना श्रेष्ठ,सुशान्त तामाङ, बावु लामा,दिक्षा तामाङ,कुमारी तामाङ,रोशनी सापकोटा,देव क्षेत्री,भोला अधिकारी लगाएत कलाकारको अभिनय रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु