गणेश र फूलमाया केसीको बानी कस्तो रहेछ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७४, बुधबार

१६ फागुन, काठमाडौं । गायक गणेश गुरुङ र गायिका फूलमाया केसीको  नयाँ झ्याउरे गीत ‘मेरो बानी’ बजारमा आएको छ । गाउँघरतिर गाउने मौलिक झ्याउरे गीतको लयलाई गायक गुरुङले सरल र सहज तरिकाले प्रस्तुत गरेका छन् । गणेश गुरुङकै शब्द र संगीतमा रहेको यस गीतमा गायक गुरुङलाई फूलमाया केसीले स्वरमा साथ दिएकी छन् ।


संयोग डिजिटलबाट बजारमा आएको यस गीतको म्यूजिक भिडियोलाई किशन भुषालले निर्देशन गरेका छन् । प्रेम थापा र मनिषा केसीको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु