‘गाउँपालिका’मा होमिइन् केकी

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७४, शुक्रबार

Keki Adhikari

काठमाडौं । स्थानीय निकायको चुनावको माहोल छ यतिबेला । कोहि नगरपालिका र कोहि गाउँपालिकातिर व्यस्त भइरहेको यो समयमा नायिका केकी अधिकारी भने गाउँपालिका तिर होमिएकी छिन् । गाँउपालीकाको बिषयमा पनि निर्माण हुने भएको चलचित्र ‘गाउँपालिका’मा केकीले अभिनय गर्ने भएकी हुन् । राज्य पुनर्संरचना भए सँगै छाएको अन्यौल अवस्थामा जनतालाई नयाँ स्थानीय तहहरूबाट हुने बिभिन्न कामको जानकारी दिने उद्देश्यले यो चलचित्र निर्माण हुन लागेको हो ।

keki

दाङमा आयोजना गरिएको एक कार्यक्रममा कलाकार तथा निर्माता निर्देशक सरोज ओलीले चलचित्रको बिषयमा बिभिन्न जानकारी गराए जुन चलचित्रमा रवि गिरी, नायिका केकी अधिकारी, गौरब पहाडी लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु