गायक रोशनको गीतमा रंग पत्रकार विशालको निर्देशन ! भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार

चैत्र २३, काठमाडौ । पछिल्लो समय सुगम गायनमा चर्चित बन्दै गइरहेका गायक रोशन राईको स्वर, चर्चित गीतकार भुपाल चाम्लिङको शब्द तथा संगीतकार विक्रम राईको संगीतमा ‘आज के भो मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको बारेमा बोल्दै गायक रोशनले गीत अनुुसार भिडियोपनि राम्रो बनेकाले दर्शकले रुचाउनेमा आसावादी रहेको बताए ।

यस गीतको म्युजिक भिडियोको निर्देशन तथा सिनेमाटोग्राफी रंग पत्रकार विशाल राईले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा एक छुटेको जोडी भेट्दा पुराना दिनहरुलाई यादमा उतारिएको निर्देशक विशाल राईले बताए । उनले भने ‘गीत राम्रो छ, संगै भिडियोपनि राम्रो बनाउने प्रयास गरेको छु ।’


म्युजिक भिडियोमा पछिल्लो समय ब्यास्त बन्दै गइरहेकी मोडल रोहनी लामा र समिर राई फिचरिङ छन् । भिडियोमा मोडल रोहनी र समिरको रोमान्स सहितको क्यामेस्ट्री मिलेको छ । म्युजिक भिडियो गदावरी आसपासमा सुटिङ गरिएको हो ।

विशाल चौतारी मिडिया प्रा.लि.बाट सार्वजनिक भएको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । मेकअप तायाहाङ्मा राईको रहेको छ, भने यस गीतलाई फनिन्द्र राईले एरेञ्ज गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु