गायिका योजनालाई घर होइन मन ठुलो भएको चाहियो रे (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७२, बुधबार

काठमाडौं । गायिका तथा संचारकर्मी योजना पुरीको उमेर पुगेको छनक पाईएको छ । उमेर पुगेपछि मानिसले धनदौलत, जातभात केहि हेर्दैन केवल मायाप्रेमको अपेक्षा मात्र गर्दछ । यस्तै यस्तै चाहना पोखेकिछिन् गायिका योजना पुरीले । घर होइन मन ठुलो भएको, हिराको हार होइन मिठो प्यार दिने खोजिरहे छु कोहि भेटिन्छ की यो मनलाइ आधार दिने खोजिरहेको बताउँछिन् योजना । हुन त मन भएपछि घर त पक्कै होला । तर योजनाको यस्तो भावना वास्तवमा नभई उनले गीतमार्फत पाखेकी हुन् ।
उनले आफ्नो दोस्रो एल्बमको गीत ‘घर होईन मन ठूलो भएको’ को म्युजिक हालै सार्वजनिक गरेकी छन् । यसै भिडियोमार्फत उनी मोडलिङमा पनि देखिएकी छन् । दर्जनौं गीतमा स्वर दिइसकेकी योजनाले पहिलोपटक मोडलिङ गरेकी हुन् । हाँस्यकलाकार राजाराजेन्द्र पोख्रेलको शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । संगित समंयोजन ओम सुनारको रहेको छ । पिएनपी मिडियाको प्रस्तुतीमा बनेको यस भिडियोमा गायिकाले अभिनय गरेकी छन् भने निर्देशन रायन कार्कीले गरेका छन । सिनेम्याटोग्राफी राजेश राउतको छ भने सम्पादन दिपक बिष्टको रहेको छ । पुलचौक र चोभारको दृष्य यस म्युजिक भिडियोमा देख्न सकिन्छ ।
भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु