गीतकार क्षत्रीलाई ब्रेनट्यूमर

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७१, बिहीबार

काठमाडौं । अचानक ब्रेन ट्यूमर भएर गत सोमबार अस्पताल भर्ना गरिएका गीतकार सूर्य कुमार क्षत्रीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंको बबरमहलमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा क्षत्रीको शल्यक्रिया भएको हो । वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. बसन्त पन्तसहितको चिकित्सकको टोलीले करिब साढे ६ घण्टा लगाएर सफलतापूर्वक उक्त शल्यक्रिया गरेको हो ।
जटिल शल्यक्रिया भएपनि सफलतापूर्वक सम्पन्न भएको बताउँदै डा. पन्तले शल्यक्रिया गरेर निकालिएको ट्युमर वायोप्सीका लागि पठाइएको र रिपोर्ट आउन १० दिन लाग्ने बताएका छन् । शल्यक्रियापछि क्षेत्री होसमा आएको र परिवारसँग घेटघाट हुन थालेका बताइएको छ ।
सफल गीतकारका रुपमा चिनिएका सूर्यकुमार क्षेत्रीले लोक, आधुनिक विधाका दर्जनौं गीत लेखिसकेका छन् । क्षेत्री नेपाली कला डटकमको सम्पादक एवम् नेपाल प्रेस युनियनका केन्द्रीय सचिवसमेत हुन् । म्यूजिकखबर डटकम उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु