गीतकार गोबिन्दले ल्याए ०७३ को उत्कृष्ट तीज गीत ‘चलेछ मगमग बासना’

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७३, आईतवार

unnamedसयौं तीज गीतहरुको भीडमा एक वास्तविक, मौलिक तीज गीत पनि थपिएको छ–‘चलेछ मगमग बासना’ । उक्त गीत कोर्ने स्रष्टा हुन् समसामयिक विषयबस्तुलाई टपक्कै टिपेर गीत सीर्जना गर्न अब्बल क्षमताका धनी गीतकार गोबिन्द प्रसाद उपाध्याय । नेपाली गीतसंगीतको पाटोमा स्थापित अनि सफल बनाउन सफल उपाध्याय हेरक किसिमका गीतहरुमा शब्द कोर्न माहिर छन । गीति लेखनको छोटो समयमा विशिष्ट परिचय बनाउन सफल भएका उनै गीतकार उपाध्यायको शब्दमा आएको तीज गीत ‘चलेछ मगमग बासना’ लाई ०७३ का उत्कृष्ट तीज गीतहरुको सुचिमा राखिएको छ । ननाचेनी नाचु नाचु लाग्ने तीज गीत । सुन्दा सुन्दा सुनी रहु लाग्ने तीज गीत। नेपालीपन झल्कने तीज गीत। छम छम नचाउने तीज गीतले आजभोली नेपाली सङीत बजार तताएका छन् तीजे गीतहरुले । यस्तै एउटा नचाउने गीत रहेको छ ‘चलेछ मगमग बासना’ ।

उक्त गीतलाई सुमधुर स्वरकी धनि गायिका टिका प्रसाईंको स्वर रहेको छ भने भने संगीत अनिष श्रेष्ठ्को र संगीत संयोजन सुन्दर लामाले गरेका छन् । त्यस्तै उक्त गीतमा गायक एबम संगीतकार अनिष श्रेष्ठको कर्णप्रिय संगीत रहेको छ भने संगीत संयोजन सुन्दर लामाको रहेको छ । अत्यत्तै राम्रो म्यूजिक भिडियो समेत बनिसकेको उक्त गीतको भिडियो निर्देशन नारायण रिजालले गरेका छन् भने भने रिस्ता बस्नेत, रेनुका रिजाल र स्वम गायिका टिका प्रसाइ लगायतको अभिनय रहेको छ ।

गीति लेखनमा विशिष्ट क्षमता भएका उपाध्यायलाई कस्तो बनेको छ त तीजको गीत र कस्ता शब्द छनौट गर्नुभएको छ त भन्ने जीज्ञासा राख्दा उपाध्याय भन्छन्– ‘मैले सदाबहार तीज गीत लेखेको छु। एक बयस्क युवतीको मनमा तीज पर्ब आउँदा के कस्ता भावना र इच्छा आकान्छा पैदा हुन्छन त्यो भावना लेख्ने प्रयास गरेको छु । मौलिकत झल्कोश भन्ने मेरो प्रयास छ । म बास्तबिक जिवनसंग मेल खाने र यथार्तता बोकेका शब्दहरु लेख्न रुचाउने भएकोले मेरा शब्दले नेपाली सांगीतिक समाज र ब्यक्तिगत जीवनलाई सन्देश र नौलोपन पैदा गरोस भन्ने चाहन्छु ।’

उक्त गीत यतिबेला रेडियो,टेलिभिजनहरुमा बज्न थालिसकेकोछ, दर्शक तथा श्रोताहरुको रोजाईमा पर्न गएको छ । हजुरहरुलाई ‘चलेछ मगमग बासना हेर्न उत्सुक हुनुहुन्छ भने गीतहरुको भण्डार युबटुबमा पनि यसगीतको भिडियो हेर्न सक्नुहुनेछ ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु