गीतसंगीतको विषयमा ‘सत्यदिप’

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७१, बुधबार

काठमाडौं, ४ कार्तिक । गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने बिषयवस्तुमा ‘सत्यदीप’ चलचित्रको निर्माण गरिएको छ । अन्तिम चरणको छायाँकनमा रहेको चलचित्र सत्यदीपलाई पुष्कर घिमिरेले निर्देशन गरेका छन् । घिमिरेको निर्देशनमा डेब्यु चलचित्र ‘सत्यदिप’ को दशै अगाडि नै अधिकांश छायाँकन सकिएको भए पनि हाल बाँकी रहेको दुई गीतको छायाँकन गरिएको छ ।

सत्यदीप सांगीतिक लभस्टोरी बेशमा समेत चलचित्र निर्माण गरिएको चलचित्र हो । जुन चलचित्रमा ४ गीत समावेश छन् । जसको संगीत अर्जुन पोखरेलले भरेका हुन् । चलचित्रको संगीतले आफ्नो संगीत करिअरमा नया“ मोड ल्याउने अर्जुनको दाबी छ । ‘सत्यदिप’ पूर्ण रुपमा सांगीतिक चलचित्र हो, त्यसैले मैले पनि संगीतमा उत्कृष्ठता दिने कोशिस गरेको छु,’ अर्जुनले भने । चलचित्रका गीतहरुमा सुगम पोखरेल, स्वरुपराज आचार्य, अञ्जु पन्त, सुमन तामाङ लगायतकाको स्वर रहेको छ ।
बि.आर फिल्मस् प्रालिको ब्यानरमा निर्मित यो चलचित्रका निर्माता बिनयराम श्रेष्ठ हुन् । चलचित्रमा रबि गिरी, उमा बेबी, दिब्यश्वर गौतम, सबिना केसी, श्याम केसीलगायतका कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा कमल राइको नृत्य, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु