गीत रेकर्डिङसँग अन्तिम चरणमा देवदेवकी

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७२, मंगलवार

माधव खरेलद्वारा निर्देशित चलचित्र देवदेवकीको अन्तिम गीत रेकर्डिङको कार्यसँगै चलचित्रको सम्पूर्ण काम सकिएको बताइएको छ । जलेको जल्यै छ यो मन दियो जलेसरी बोलको गीत एमबी स्टुडियो सामाखुशीमा रेकर्ड गरेपछि चलचित्रको अन्तिम चरणमा पुगेको निर्देशक खरेलले बताए । काव्य आचार्य र राज सागरको स्वरमा रेकर्ड भएको उक्त गीतलाई अनिल विरहीले संगीत दिएका छन् । पुरुषोत्तम लोहनीको शब्द रहेको यस गीतमा विपिन आचार्यको संगीत संयोजन रहेको छ ।

चलचित्र देवदेवकीमा ललिता कुँवरको शब्दमा रहेको एक गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने युवराज चौलागाईं र श्रेयसी चेमजोङले स्वर दिएका छन् । अर्को एउटा आइटम गीतमा भने दुर्गा दाहालको शब्द, संगीत र स्वर रहेको छ ।

raj-kabya acharya
मायाप्रेमकै पेरिफेरीमा रहेर बनाइएको चलचित्र देवदेवकीमा श्रीदेव भट्टराई, सिर्जु अधिकारी, एनआर रिमाल, सानिया खान, केशव सापकोटालगायतका कलाकारको अभिनय रहेको छ । जनकराज अधिकारीको छायाँकन रहेको यस चलचित्रलाई प्रदीप दाहालले सम्पादन गरेका छन् । अमित श्रेष्ठको ब्याकराउन्ड म्यूजिक रहेको यस चलचित्रलाई मिडिया सर्चको ब्यानरमा निर्माण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु