गोरीको देखियो गोरेमा

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७१, आईतवार

काठमाडौं । चलचित्र गरेकोको छायाँकनका क्रममा चलचित्रकी गरी नायिका अनु शाहले आफ्नो अभिनय देखाएकी छिन् । भर्खरै मात्र छायाँकन समाप्त भएको चलचित्र गोरेमा नायिका अनु शाहले आफ्नो मेहनतका साथ चलचित्र राम्रो बनाउन लागिपरेको बताएकी छिन् । जी.यस. मुभि मेकर्स प्रालिको व्यानरमा निर्मित चलचित्र गोरेमा गाउँको गोरे अर्थात् दिलीप रायमाझी आफ्नी प्रेमिकाको खोजीमा सहर पुग्दा बाध्यात्मक परिस्थितिमा आपूmलाई सहरसँगै बदल्नुपर्दाको सङ्घर्षमय कथालाई मुख्य विषयवस्तु समेटिने निर्देशक रामेशकुमार राईले बताए । सूर्य जिसी निर्माता रहेको गोरेमा दिलीप रायमाझी, अनु शाह, गुनु घर्ती, ममता शर्मा, माधव पण्डित, सञ्चिता सत्याल, सूर्य जिसिलगायत नव प्रस्तुतीमा राकेश कुमार र अभिषेक गिरी रहेको छ । रामेशकुमार राईको निर्देशन रहको गोरेमा विकास चौधरीको सङ्गीत, बब्बु थापाको नृत्य र प्रदीप खड्काको द्वन्द्व रहने छ । गोरे सस्पेन एक्सन थ्रिलर चलचित्र रहने निर्माणपक्षको भनाई छ ।

gore

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु