‘गौमाता’को लोकार्पण

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७०, शुक्रबार

साहित्यकार बुद्धिनाथ ज्ञवालीद्वारा लिखित उपन्यास ‘गौमाता’को लोकार्पण गरिएको छ । भेरी साहित्य समाजको आयोजनामा ज्ञवालीको प्रथम बार्षिकीको अवसरमा आज गुलरियामा आयोजित  स्मृतिसभामा गौमाता उपन्यासको लोकार्पण गरिएको हो । स्मृति सभामा गौमाता उपन्यास नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष तथा बर्दियाली साहित्य समाजका सस्थापक अध्यक्ष राजेन्द्र प्रसाद धितालले लोकार्पण गरेका थिए । सो अवसरमा उनले साहित्यकार ज्ञवाली यस समाजका लागि मार्गदर्शक भएर गएको बताए ।साहित्यकार बुद्धिनाथ ज्ञवालीद्वार लिखित ‘बगिरहेको जीवन’ कथासंग्रहमा सोध पत्र तयार पार्नु भएका सोधकर्ता खड्क प्रसाद उपाध्यायले उनको ब्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । उपाध्यायले साहित्यकार ज्ञवालीले सामाजिक यथार्थवादी, यौन मनोविज्ञान र प्रगतिधवादी धारामा आधारित भएर कथा तथा उपन्यास लेखेको बताए । साहित्यकार बुद्धिनाथ ज्ञवालीको गुलरियाको आफ्नै घरमा गत २०६९ असोज २० गते निधन भएको थियो । २००४ पौष १५ खिदिम ३ अर्घाखाचीमा जन्मेर बर्दियामा बसाई सराई गरि आएका ज्ञवालीका जल्दै गरेको आकाश, बगीरहेको जीवन कथा संग्रह तथा अन्तरङग जीवन र गौमाता उपन्यास गरि चार ओटा प्रकाशित कृतिहरु रहेका छन् । भेरी साहित्य समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सेनाको सभापतित्वमा सम्पन्न स्मृति सभामा प्रलेस बाँकेका अध्यक्ष इन्द्रबहादुर बस्नेत, इश्वरी रिजाल, लेखप्रसाद प्याकुरेल लगायतका साहित्यकारहरुले साहित्यकार ज्ञवालीका बारेमा बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु