घरजम नटिक्नुमा आफैं दोषि भएको मनिषाको बयान

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७४, सोमबार

एजेन्सी । ‘बम्बे’, ‘१९४२ : अ लव स्टोरी’ र ‘दिल से‘’ जस्ता फिल्ममा आफ्नो अभिनय र सुन्दरताको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनिषा कोइराला एक पटक फेरी फिल्म ‘डियर माया’ बाट ठूलो पर्दामा कमब्याक गर्दैछिन् । आफ्नो २६ बर्ष लामो फिल्मी करिअरमा फिल्म इन्डस्ट्रीका धेरै चर्चित बलीउड अभिनेताहरुसँग काम गरिसकेकी मनिषाको वैवाहिक जीवन भने दुई वर्ष पनि टिकेन । मनीषाले सन् २०१० मा व्यापारी सम्राट दाहालसँग काठमाडौँमा भव्य रूपमा बिहे गरेकी थिइन् । उनीहरूको बिहे मुस्किलले दुई वर्ष मात्रै टिक्यो ।Manisha-Koirala-Haircuts
उनले आफ्नो वैवाहिक जीवन असफल हुनुको दोषी आफू नै भएको खुलासा गरेकी छिन् । अचेल आफ्नो नयाँ फिल्म ‘डियर माया’को प्रमोसनमा जुटेकी मनीषाले सम्राट दाहालसँगको वैवाहिक जीवन दुई वर्ष पनि नटिक्नुमा आफ्नै कारण रहेको बताएकी मिडियाहरुलाई बताएकी छिन् ।

 

Manisa-Koirala-devorce
‘बिहेलाई लिएर मेरो एउटा सपना थियो । तर, बिहे गरेपछि त्यो सपना टुट्यो,’ मनीषाले भनेको भन्दै भाष्करले लेखेको छ, ‘बिहेको विषयमा मेरो बेग्लै सपना र विचार थियो । त्यसैले हौसिएर बिहे गरेँ । तर, खासमा म बिहेको लागि बनेकी रहेनछु । त्यसैले म आफैँले वैवाहिक सम्बन्ध अन्त्य गरेकी हुँ । यसमा म बाहेक अरू कसैको पनि गल्ती छैन ।’

 
सन् २०१२ मा पाठेघर क्यान्सरबाट पीडित भएपछि मनीषाले अमेरिकामा उपचार गरिन् । क्यान्सर जस्तो भयानक रोगले पिडित भएको सोहि समयमा वास्तविक जीवनको पाठ र परिभाषा बुझेको बताउँदै एकल जिवन नै रमाइलो भएको समेत बताएकी छिन् । जीवन जिउनलाई कसैको सहाराको महशुष नभएकाले पनि विवाह गरेर गल्ती गरेको उनले बताईन् ।

 
क्यान्सरमुक्त भएपछि मनीषाले पुनः फिल्म अभिनय सुरु गरेकी छिन् । पुनः विवाहको पक्षमा समेत नरहेकी मनिषा यसै वर्षभित्र धर्मसन्तान पाल्ने योजनामा छिन् । मनीषाको डियर माया शुक्रबारदेखि प्रदर्शन हुँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु