चर्चाको शिखरमा मोडल विजय थापा (फोटो फिचर सहित)

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७१, बुधबार

काठमाडौ, १४ जेठ । नेपाली लोकगित क्षेत्रमा मोडल विजय थापा नौलो नाम होइन । लोकदोहोरी क्षेत्रमा उनको नाम नसुन्ने र नचिन्ने बिरलै होलान् । उनै बिजय थापा यतिखेर अझ चचिर्त बन्दैछन् । नेपाली लोकगित क्षेत्रबाट हात हालेका थापाले अहिले आएर बिभिन्न आधुनिक गितहरुमा पनि मोडलिङ गर्दै आएका छन् । उनलाई यतिखेर म्युजिक भिडियोको अफरमा भ्याइनभ्याई छ । हँसिलो अनुहार तथा मिलनसार व्यवहार भएका थापा कमेडि गर्न पनि त्यतिकै माहिर छन् ।
स्थायी घर गोरखा भई हाल सातदोबाटोमा बस्दै आएका थापा यस क्षेत्रमा करिब १५ वर्षदेखि क्रियाशिल छन् । विभिन्न १० वटा भन्दा बढि देशमा आयोजीत सांस्कृतिक कार्यक्रममा उनले भाग इसकेकाछन् । देश तथा विदेश जहाँ गएपनि दर्शक तथा श्रोताहरुले आफूलाई अपार माया गरेको र त्यहि मायाले आफूलाई यस क्षेत्रमा स्थापित बनाएको बताउँछन् ।
रामचन्द्र काफ्लेको स्वरमा सजिएको शिब बि.क.ले निर्देशन गरको लोकगीत त्यो मनले यो मनलाई छुन्छ र , बाट अभिनय प्रारम्भ गरेका थापाले सात सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् भने पचास भन्दा बढी भिडियो निर्देशन गरिसकेका छन् । त्यस्तै हाँस्य टेलिश्रृंखलामा पनि अभिनय गरिसका थापाले खेलेका चर्चित गीतहरु मध्ये क्याम्पस पढ्न आउने, ओम नम शिवाय, निधारैमा लेखेसी, ए.बी.सी.डी. पर्दछन् ।

विभिन्न सुटिङका क्रममा मोडल विजय थापाको कैद भएका केही फोटोहरु :

 

bijay

biyaj thapa shuting

bijay thapa shuting 1

bijay thapa shuting 2

bijay thapa shuting 3

bijay thapa...

bijay thapa.

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु