चर्चित कलाकारहरुको साथमा नायक श्रीदेव झापा महोत्सवमा जाँदै

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७३, सोमबार

फागुन ९, काठमाडौं । प्राय जसो महोत्सवमा नजाने नायक श्रीदेव भट्टराई अब पूर्वको झापामा हुने महोत्सवमा धुम मच्चाउन जाने भएका छन् । श्रीदेवले करिव ९ दिन कार्यक्रम सञ्चालन गर्नेछन् । नेपालका प्राय जसो चर्चित व्यक्तिहरुको शो कार्यक्रममा प्रस्तुती रहनेछ ।
महोत्सवमा गायक शिव परियार, प्रमोद खरेल, कमल खत्री, हिमाल सागर, सुगम पोख्रेल,गायिका मेलिना राई,हास्यकलाकार राजा राजेन्द्र लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहेनछ ।Shreedev
झापा उद्योग वाणिज्य संघ द्धारा आयोजना हुन गइरहेको महोत्सव फागुन १२ देखि २१ सम्म चल्नेछ । विशेष गरेर कृषि, पर्यटन, संस्कृतिलाई मुख्य आधार बनाएर गरिने महोत्सवमा मनोरञ्जन पनि भरपूर्ण हुनेछ । नेपाली लगायत भारतिय दर्शकहरुको पनि आगमन हुनेभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु