चलचित्रकर्मीलाई सरकारको परिचयपत्र

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७३, बुधबार

फिल्म क्षेत्रमा पु¥याएको योगदान र बरिष्ठताको आधारलाई लिएर चलचित्र विकास वोर्डको पहलमा नेपाल सरकारले १३ फिल्मकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । सोमबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सञ्चार मन्त्री शेरधन राईले वरिष्ठताको आधारमा १३ फिल्मकर्मीलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् ।

रातो परिचयपत्र भनिएको विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्नेहरुमा कलाकर्मीहरुमा नीर शाह, हरिप्रसाद रिमाल, यादव खरेल, भुवन चन्द, बसुन्धरा भुषाल, चेतन कार्की, किरण खरेल, लक्ष्मीनाथ शर्मा, सुभद्रा अधिकारी, सकुन्तला गुरुङ शर्मा, उद्धव पौडेल, मञ्जुकुमार श्रेष्ठ र गेहेन्द्रप्रसाद धिमाल रहेका छन् ।

filmy artist of nepal
नेपाल सरकारले अब चलचित्रकर्मीलाई ३ थरीको परिचय पत्र दिने भएको छ । जस अन्तरगत ‘विशिष्ट, वरिष्ठ र चलचित्रकर्मी परिचय पत्र’ रहनेछन् । विशिष्टको रंग रातो, वरिष्ठको रंग नीलो र सामान्य चलचित्रकर्मी परिचय पत्रको रंग हरियो रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु