चलचित्रको फाइदा धादिङमा झोलुङ्गे पुल र स्कुल निर्माणमा

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७२, मंगलवार

दिनेश डिसीको निर्देशन एवं निर्माणमा तयार भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को व्यापारले नाफा गरेको पुरै रकम धादिङको सलाङघाटमा भएको तुइन हटाएर झोलुङ्ग पुल निर्माण र स्कुल निर्माणमा खर्च हुने भएको छ । चार दशकदेखि धादिङको सलाङघाटका विद्यार्थीहरु तुइन सहायतामा त्रिशुली नदी तर्ने गरेको डकुमेन्ट्री देखाउँदै निर्देशक डिसीले आफ्नो चलचित्रबाट नाफा वा घाटा जे भएपनि ७ लाख ५० हजार रुपैयाँ झोलुङ्गे पुल निर्माणको लागि दिने जानकारी दिए ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिनेशले चलचित्रको सम्पुर्ण फाइदा रकम झोलुङ्गे पुल बनाउन लगानी गर्ने बताए । तर, यदि चलचित्र नचलेपनि ७ लाख ५० हजार रुपैयाँ पुल निर्माणका लागि चलचित्रले दिने बताएका हुन् । जीवन जोखिममा राखेर तुइनमा झुण्डिँदै विद्याथलय गएका विद्यार्थीको कारुणिक जीवनलाई देखेर उनल झोलुङ्गे पुल निर्माण गर्ने अभियानमा लागेको बताए ।

dc
सोही कार्यक्रमका प्रमुख अतिथी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सलाङघाटमा तुइनबाट स्कुल गइरहेका विद्यार्थीहरुको अवस्था देखेर एउटा प्राथमिक तहको स्कुल निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले प्रावी स्कुल निर्माण अभियान सुरु भैसकेको जानकारी दिए । पुल निर्माणको बिषयमा पछि योजना बनाउने भन्दै अहिले तुइनबाट विद्यालय जान नसक्ने विद्यार्थीका लागि प्रावी स्कुल बनाउने निर्वाणले जानकारी दिए ।

ffmt-dc
चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ फागुन २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई दिनेश डिसीले निर्माण एवं निर्देशन गरेका हुन् भने दिनेश डिसी प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रको मुख्य भूमिकामा नीता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका छ । आमेष यस चलचित्रबाट डेब्यू गरेका नायक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु