‘चलचित्र जंजीर थकाली खाना’

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७०, बिहीबार

काठमाडौं । निर्माता करण श्रेष्ठ ‘क्रेजी’ले आफ्नो चलचित्र ‘जंजीर’ लाई ‘थकाली खाना’को संज्ञा दिएका छन् । सिनेमा हलमा आउन दुई दिनअघि बुधबार चलचित्रबारे जानकारी गराउन अनामनगरस्थित मण्डला थियटरमा आयोजित पत्रकार सम्मलेनका करणले भने, ‘तपाइँहरुले जंजीर’लाई थकाली खानाको रुपमा बुझेहुन्छ ।’ उनले आफ्नो चलचित्र ‘टिपिकल’ नेपाली चलचित्र भएको दावी गर्दै थकाली खानाको संज्ञा दिएका हुन् ।
चलचित्र ‘जंजीर’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रसँगै हिन्दी चलचित्र ‘जंजीर’ पनि सिनेमा हलमा लाग्दैछ । एउटै नाम, एकै मितिमा प्रदर्शनमा आउने भएकाले पनि निर्माता करणले आफ्नो चलचित्र ‘जंजीर’ को फरकशैलीमा प्रमोसन गरिहेका छन् । तर, उनले हिन्दी ‘जंजीर’ ले आफ्नो चलचित्रलाई कुनै असर नपार्ने विश्वास लिएका छन् । ‘यसरी दुईटा ‘जंजीर’ जुध्नु एउटा संयोग मात्रै हो’ करणले भने, ‘तर, यसले मलाई कुनै असर पार्दैन । थकाली खाना खानेले थकाली नै खान्छन् । पिज्जा आफ्नै ठाउँमा छ ।’
चलचित्र ‘जंजीर’ को निर्देशन शोभित बस्नेतले गरेका हुन् । यस चलचित्रमा हर्षिका श्रेष्ठ र जयकिशन बस्नेत मुख्य भूमिका छ । त्यस्तै बलिउड चलचित्र ‘जंजीर’ मा प्रियंका चोपडा, रामचरण र सञ्जय दत्तको मुख्य भूमिका छ । ‘जंजीर’ तलेगु फिल्म ‘तुफान’ को संस्करण हो । तैपनि एउटै नाम र पोस्टर डिजाइनसमेत मिल्दोजुल्दो भएकाले दर्शक नझुकिएला भन्न सकिन्नँ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु