चलचित्र पत्रकार संघमा सन्दिपको नेतृत्व, सदस्यमा वर्षाको बहुमत

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७३, बुधबार

फागुन २५, काठमाडौं । चलचित्र पत्रकार संघको सातौं महाधिवेशनबाट सन्दिप सापकोटाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्षका प्रत्यासी लक्ष्मण सुवेदीलाई २१ मतको अन्तरले सापकोटा विजयी हुन सफल भएका हुन् । जम्मा ११७ मत खसेकोमा सन्दिपले ६८ मत ल्याउन सफल भए भने लक्ष्मणले ४७ मत ल्याएर पराजित भए । त्यस्तै संघकै कार्यसमितिमध्ये सदस्यतर्फ सबैभन्दा बढी मत भने वर्षा बस्नेतले ल्याउन सफल भइन् । वर्षाले ८८ मत ल्याएर सदस्य पदमा वर्चश्व कायम गरेकी हुन् ।

sandeep sapkota
त्यसैगरी संघको कार्यक्रम उपाध्यक्षमा भने श्याम अर्यालले जित हासिल गरे । श्यामले ७० मत ल्याए भने उनका प्रतिस्पर्धी अशेष अधिकारीले ४३ मत ल्याउन सफल भएका थिए । महिला उपाध्यक्षतर्फ भने गीता अधिकारीले ८२ मत ल्याएर विजयी भइन् । उनको प्रतिस्पर्धी शारदा थापाले भने ३२ मत ल्याएर पराजित भइन् । उपाध्यक्ष संगठनतर्फ भने दिनेश सिटौला निर्विरोध भएका थिए ।
त्यसैगरी महासचिव पदमा भने अनिल यादवले ५८ मत ल्याएर जित हासिल गरे । उनका प्रतिस्पर्धी विजय आवाजले भने ५६ मत ल्याएर पराजित बेहोर्नुप¥यो भने सचिव तर्फ बैकुण्ठ पराजुलीले जित हासिल गरे । सचिव पदमै कुवेर गिरीले ३९ मत ल्याएर पराजित हुनुप¥यो । त्यस्तै कोषाध्यक्ष र सहकोषाध्यक्षमा भने कुवेर डंगोल र जीवन पराजुली निर्विरोध हुन सफल भए । समावेशी सचिवमा भने समिर बलामी चयन भए ।

chalchitra patrakar
सदस्यहरुमा भने वर्षा बस्नेतले ८८ मत ल्याएर अग्रता हासिल गरिन् । उत्सव रसाइलीले ८४ मत ल्याएर दोस्रो स्थानमा रहन सफल भए भने अन्य सदस्यहरुमा कृष्ण भट्टराई ५८, बाबु सुरेश ६१, विकास लामिछाने ५२, मनिष कार्की ५२, सन्तोष थापाले ४५ मत ल्याएर विजयी भए । त्यसैगरी सदस्य पदमा उम्मेदवारी दिएका भोला सुवेदी प्रणव ४४, विनोद पोखरेल ४४, कुमार आचार्य ४०, श्यामहरि शिवभक्ति ३० मत ल्याएर हार बेहोर्नुप¥यो । त्यस्तै महिला सदस्यमा दीपज्योती थापा र समावेशी सदस्यमा विशाल राई निर्विरोध चयन भए ।

deepjyoti
त्यसैगरी केन्द्रीय पार्षदका लागि भने डब्बु क्षेत्री ९१, राजन घिमिरे ८५, शान्तिप्रिय ७९, विदुर गिरी ६८, सुब्रत आचार्य ६८, धनबहादुर खड्का ६६, अशोकप्यासी राई ६६, विष्णु सुवेदी ६१, नेमिष गौतम ५७ मत ल्याएर विजयी भए । त्यस्तै महिला पार्षदमा स्वस्तिका चिलुवाल, रश्मी थापा, जयन सुब्बा मानन्धर चयन भए भने पार्षदकै लागि उम्मेदवारी दिएका डीपी शाह चक्रवर्ती ३२, मनोज श्रेष्ठ ५०, दिवाकर मैनाली ५६ ले भने हार बेहोनुप¥यो । त्यसैगरी केन्द्रीय पार्षद प्रदेशबाट भने विजयरत्न तुलाधर, राजन दाहाल, मनोज केसी, सुरज पौडेल, अमृत पुडासैनी, राजेश खनाल, राजेन्द्र पुडासैनी, रघुनाथ सापकोटा, मन्जु गैरे, सन्ध्या थापा, योजना पुरी, पुष्पा थपलिया, चिरञ्जीवी सापकोटा, अनिल थापा, सुरज खड्का, नवराज ढुंगेल चयन भए ।

rajan dahal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु