चलचित्र ‘पर्व’ अल नेपाल रिलिज

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७४, शुक्रबार

जेठ १२, काठमाडौं । नेपाली कथानक चलचित्र ‘पर्व’ आज बाट अलनेपाल प्रदर्शनमा आएको छ । चलचित्र पर्वमा समावेश ‘काले दाई काले’ बोलको गीतले अहिले दर्शक तथा श्रोतामाझ हंगामा मच्चाइरहेको छ ।

कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएको घटनाक्रमलाई सस्पेन्स शैलीमा निर्माण गरिएको उक्त् चलचित्र आज बाट रिलिज भएको छ ।

para-namrata-shrestha
चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।  जसले यसअगाडि ‘आई एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता चलचित्रको निर्देशन गरेका थिए ।

सुवास गिरी र निकिता पौडेल यो चलचित्रका निर्माता हुन् । गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण भएको हो । निश्चल बस्नेतले अभिनय गरेको र गाएको गीत ‘काले दाई …’ चलचित्र पर्वको गीत हो ।   चलचित्रले प्रिमियर शोमा राम्रो समीक्षा पाएको नायक क्षेत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु