चलचित्र पलाँसमा रेखा थापा

म्यूजिक खबर
प्रकाशित: १० असार २०७३, शुक्रबार

नायिका रेखा थापाले रेखा फिल्मस् भन्दा बाहिरी ब्यानरका चलचित्र नगर्ने बताउँदै आएकोमा एकाएक निर्मात्री कृषा चौलागाइको चलचित्र गरेपछि यसले खुबै चर्चा पाएको छ । आखिर, रेखा कृषाले निर्माण गरेको चलचित्र ‘पलाँस’मा किन आकर्षित भइन् भन्ने चर्चा भयो । रेखाले यो चलचित्रको कथावस्तु आफूलाई अत्यन्त मन परेकाले काम गरेको बताएकी थिइन् ।

1606245413530365_10209764808294527_1499566853_n

 

जेठको पहिलो साताबाट सुरु भएको चलचित्र ‘पलाँस’को छायांकन सकिएको छ । ३२ दिन लगाएर चलचित्रको छायांकन गरिएको निर्मात्री चौलागाइले जानकारी दिएकी छिन् । कृषाले भनिन् ‘नायिका रेखा थापालाई दर्शकले नयाँ अवतारमा देख्नुहुनेछ । ‘पलाँस’मा जस्तो भूमिका अहिलेसम्म रेखाले गरेकी छैनन् । हामी चाडै नै फस्टलुक मार्फत यो कुरा सार्वजनिक गर्नेछौ ।’ यो चलचित्रमा रेखा थापाको साथमा कामेश्वर चौरासिया, अयुब केसी मुख्य भूमिकामा छन् । नारीप्रधान चलचित्रमा काम गर्दै आएकी रेखाले यो चलचित्रमा पनि नारीकै कथामा अभिनय गरेको वुझिएको छ । सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत छ । रेखा र कामेश्वर एकसाथ पर्दामा देखिन लागेकाले पनि दर्शकका लागि यो चलचित्र उत्सुकता र कौतुहलतामा छ । निर्मात्री चौलागाई भन्छिन् ‘रेखा थापाका फ्यानका लागि त यो चलचित्र सरप्राइज नै हुनेछ । अन्य दर्शकका लागि पनि चलचित्र रमाइलो र विशेष हुनेमा आशावादी छु ।’

1606245413521622_10209764808134523_1247047898_n

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु