चलचित्र बिरानो माया सबैका लागी

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७३, मंगलवार
बैशाख ३१ गतेवाट अल नेपाल प्रदर्शन हुने चलचित्र विरानो मायाले सवैका लागी हेर्न मिल्ने गरी सेन्सर वोर्डले प्रदान गर्ने यूनिभर्सल सर्टिफिकेट पाएको छ मौलिक कथामा आधारित चलचित्र बिरानो मायालाई नेपाली मौलिक भाषा, संस्कृति र सभ्यतालाई समेत कलात्मक रुपमा प्रस्तुत गरिएको बताएकाछन् निर्देशक  माधव खरेलले । हामीले हाम्रै आफ्नो कला संस्कृतिको जर्गेना पनि होस् र आफ्नो देशको भाषा साहित्यको विकास पनि गर्न सकियोस् र यसरी निर्माण गरिने चलचित्र व्यवसायिक पनि होस् भन्ने उदेश्यले चलचित्र निर्माण गरेका हौ, आज हामीलाई सवैले हेर्न सकिने अर्थात सपरिवार संगै वसेर हेर्न मिल्ने मौलिक चलचित्रका निर्माण गरेको भनि सेन्सर वोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । त्यसकारण पनि हामी चलचित्रवाट थप उत्साहित भएका छौ । विदेशी शैलिमा नांगिने र अनाबश्यक कर्कस ध्वनि, द्धन्द्ध त्यस्तो केही नरहेको अत्यन्त सफा एवं मौलिक नेपाली चलचित्र आफुले निर्माण गरेको निर्देशक खरेलको दावी रहेको छ ।
चलचित्रका नायक श्रीदेव भट्टराईले आफु विरानो मायावाट अत्यन्त उत्साहित भएको वताएका छन् , आफुले चलचित्रमा निर्वाह गरेको भूमिकालाई दर्शकहरुले मन पराउनेमा उनि विश्वस्त छन् उनि भन्छन् चलचित्र विरानो माया प्रेममय चलचित्र हो, प्रेममा प्राप्ती तथा समर्पण मात्रै हुन्छ भन्ने पुरानो मान्यतालाई तोड्दै प्रतिक्षामा पनि प्रेमको शाव्दिक अर्थ लुकेको हुन्छ भन्ने विषयमा चलचित्रले प्रेमलाई मनोवैज्ञानिक रुपमा प्रस्तुत गरिएकाले पनि यो चलचित्र खाश रहेको र दर्शकहरुले साथ दिनेमा आफु विश्वस्त रहेको बताएकका छन् ।
Birano maya
त्यस्तै चलचित्रका अर्का नायक रोहित रुम्वाले जीवनमै पहिलो पटक फरक विषय वस्तुमा वनेको चलचित्रमा काम गर्न पाएकाले विरानो माया खाश हरेको वताए । निर्माण पक्षवाट प्राप्त जानकारी अनुसार पूर्वको लिम्वुपात्रलाई अत्यन्तै कौशलता पूर्वक रोहितले अभिनय गरेका छन् ।
नायिका नम्रता सापकोटाले पनि चलचित्रको विषय वस्तु मौलिक नेपाली परिवेश अनुसारको भएको हुनाले पनि बिरानो मायालाई दर्शकहरुले रुचाउनेमा ढुक्क रहेको वताएकी छिन् उनको अनुसार चलचित्र मौलिक छ,प्रेममय छ , र मानविय संवेदनामा आधारित छ यस कारण पनि चलचित्र बिशेष छ र सवैले एक पटक हेर्नै पर्ने चलचित्र बिरानो माया हो नम्रताको तर्क रहेको छ ।
अर्की नायिका दिपसा विसिले पनि चलचित्र राम्रो रहेको दावी गरेकी छिन् मैले एउटी ईमान्दार ग्रामिण यूवतीको भूमिका निर्वाह गर्न पाएको छु र त्यो भूमिकालाई सकेसम्म ईमान्दारिपूर्वकनै निर्वाह गर्न खोजेको वताएकी छिन् ।
चलचित्रमा श्रीदेव, रोहित, नम्रता र दिपसाको अलवा अजुर्नराज, राजु वजाज, आदर्श घिमिरे, प्रल्हाद खरेल, केशव सापकोटा, प्रेम याक्तेन,मीलन लामा, सावित्रि अधिकारी, अजुर्नन खरेल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ भने आवाजको दुनियांको साथी दिनेश डि.सी.को बिशेष उपस्थिति र विभिन्न उमेर समुहको अभिनयले पनि चलचित्रलाई रोचक वनाउने निर्माण पक्षको दावी छ ।
IMG_0312
त्यसै गरी चलचित्रमा चर्चित पत्रकार ऋषि धमलाको उपस्थितिले छुट्टै रौनकता ल्याउनेमा विश्वस्त देखिन्छ निर्माण यूनिट । पत्रकार ऋषि धमलाको अभिनयको हिसावमा बिरानो माया पहिलो चलचित्र भएको स्वयं ऋषिले स्विकार गरेका छन् ।
प्रतिभा उमेरमा हैन दिमाखमा हुन्छ भन्ने प्रमाणित सानै उमेरमा करिव आधा दर्जन सिनेमा खिचेर सिने वृत्तमा छाएका क्यामेरा पर्सन जनकराज अधिकारीले विरानो मायामा चलाएको क्यामेराले पनि देखाउँदछ जनकपनि चलचित्रवाट आशावादी रहेका छन् ।
रुपेश उप्रेतीको नृत्य निर्देशन, शंकर महर्जनको दन्द्ध निर्देशन, अनिल विरह र मनोज राजको संगीत निर्देशन, दिपक लिम्वु,माण्डवी त्रिपाठी,योगिता मोक्तान र टिना लामाको स्वर तथा श्रीदेव र मनोज राजको शव्द रचना यस चलचित्रमा रहेको छ ।
श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा मीलन लामा र सावित्रि अधिकारीले संयूक्त रुपमा लगानी गरेका हुन् ।
प्रीतम पाण्डेको सम्पादन, अनन्त घिमिरेको रंग संयोजन, राजकृष्ण श्रेष्ठको ध्वनि मिश्रण तथा अमित श्रेष्ठको ब्याकराउण्ड म्यूजिक यस चलचित्रमा रहेकोछ ।
निर्देशक माधव खरेलका अनुसार करिव २० दिन अघि कतारमा चलचित्र बिरानो मायाको भब्य रुपमा प्रदर्शन भएको थियो र त्याहाँ रहनु भएका नेपालीहरुले चलचित्रलाई अत्याधिक रुपमा मन पराउनु भएको  थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु