चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार

चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ ।  भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘मारुनी’  ‘जाम्न माया जाम’ को गीत मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको हो । रिक्की शाक्यको शब्दमा दीपक बज्रचार्यको स्वर सङ्गीत रहेको  छ ।  भिडियोमा चलचित्रकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का फिचर्ड  गरिएको छ । प्रविण सिंहले  भिडियोको कोरियोग्राफी गरेका हुन् । भने पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । चलचित्रमा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु