चलचित्र विकास बोर्डप्रति दर्पणको यस्तो आप्पति

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७२, बिहीबार

काठमाडौं । चलचित्र निर्माता, निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेल पाँच महिनादेखि अमेरिकामा बस्दै आएका छन् । बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले आफुलाई विकास बोर्डको सदस्यबाट जानकारी नै नदिई हटाइएको भन्दै आफ्नो फेसबुक मार्फत घोर आप्पति जनाएका छन् । उनी बिहिबार नेपाल फर्कदै छन् । उनले यो कार्य सरासर गलत भएको जनाएका छन् । उनले फेसबुकमा लेखेको आप्पति तथा स्टाट्स जस्ताकोतस्तै —

suresh darpan01

 आदरणिय प्रेसका साथिहरु,

‘म बिगत ५ महिना यता अमेरिका भ्रमणमा छु र आगमी बिहिबार नेपाल फर्कदैछु, यसै क्रममा म बहाल रहेको चलचित्र बिकास बोर्डको सदस्य पदमा माननीय सुचना तथा सन्चारमन्त्रीले मनमोजी शैलीमा नियम कानुनको पर्वाह नगरि समबन्धित पक्ष्यलाई सामान्य सफाइ दिने अवसर समेत नदीइ निरङ्कुस शैलीमा खल्तिबाट बोर्ड सदस्य हेर फेर गर्ने जस्तो कार्य गरेको प्रती मेरो गम्भिर ध्यानाकर्शन भएको छ ।

दुई अन्तरास्ट्रीय फिल्म फेस्टिवलमा उल्लेख्य सहभागिता र आगामी २०७३ मा अमेरिका मै नेपाली फिल्म फेस्टिवलको पूर्व तयारी सम्पन्न गरी २ दिन पछि नेपाल फर्कने क्रममा पाएको यो खबरले कानुनी राज्यको धज्जी उडाएको मैले ठानेकोछु । काम नगरि बोर्ड्मा बस्न मलाई कुनै रहर पनि छैन तर केहि समय एउटा सदस्य बिना पनि बोर्ड रोकिदैन, मेरो अनुपस्थितीमा बोर्ड किन सोचे जस्तो कृयाशिल हुन सकेन त रु मिटिङ त भएकै छन् ।

अनि किन रिजल्ट छैन रु म अमेरिका भ्रमण आउनु अघी निर्णय गरेर मैले पूर्व योजना समेत तयार पारेको इ ९ टिकेटिङ घोसणा गरे अनुरुप ३ महिनामा किन लागु हुन सकेन रु मैले कार्वान्नयन गर्न लागेका यि र यस्तै मुद्दाहरु रोक्न खोज्ने शक्तीहरुकै कारण पुरा कार्यकाल अगावै नियम कानुन बिपरित बोर्ड सदस्य हेरफेर गर्ने काम भएको छ, यस्को निमित्त बनेका छन् ।

बर्तमान संञ्चारमन्त्री शेरधन राई मैले देशको यस्तो बिसम परिस्थितीमा पनि देश फर्केर इ-टिकेटिङ लगायतका बिसयहरु अघी बढाउन बोर्डका कर्मचारी साथिहरुसँग छलफल अघि बढाउदै गर्दा यस्तो गैर कानुनी कार्य किन र कसरी भयो त रु यो प्रश्नको उत्तर आम चलचित्रकर्मिले बुझेकै छन् । मलाई पदको लोभ छैन तर विधी र प्रकृया मिचेर स्वइक्ष्यादारी ढङ्गले अघी बढ्ने जो सुकैको बिरोध गर्न पनि म पछी हट्दिन ।  बिगतमा पनि सम्मानानीय अदालतले यस्तै प्रकृतीको मुद्दामा फैसला गरिसकेको हो । विधी र कानुन मिच्न खोज्ने जो सुकैलाई सही मार्गमा ल्याउने सम्मानित अदालतले फेरी एकपटक निरङ्कुशतालाई पराजित गर्नेनै छ । जय नेपाली सिनेमा ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु