चलेछ बतास सुस्तरी गीतहरु सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७२, आईतवार

चलचित्र ‘चलेछ बतास सुस्तरी’को अडियो गीतहरु रिलिज भएका छन् । माघ २९ गते बाट रिलिजमा आउने यो चलचित्रले प्रचार प्रसार तीब्र बनाइरहेको छ । यतिबेला चलचित्रका गीतहरु यूट्युबमा चर्चा बटुल्ने क्रममा छ । सार्वजनिक भएको जुक बक्समा ‘सीम सीम’ ‘मीठो मीठो‘’ र फिल्मको शीर्ष गीत ‘चलेछ बतास’ गरी तीन गीत सामवेश गरिएको छ ।
विकास चौधरीको संगीत रहेको यस चलचित्रको शीर्ष गीतले भने राम्रो प्रतिक्रिया पाइरहेको छ । विकास चौधरीकै संगीतको टर्निङ प्वाइन्ट बन्न सफल चलेछ बतास सुस्तरी बोलको गीतले राम्रो चर्चा बटुलिरहेको छ । यही गीतका कारण चौधरीलाई केही चलचित्रमा पनि संगीत भर्न अनुबन्ध गरिसकेका छन् ।

chalechha batas sustari
प्रमोद भारद्धाज र सुष्मा कार्कीको मुख्य अभिनय रहेको छ । प्रदीप भारद्वाजले निर्माण गरेको सिनेमालाई सबु सुवेदी र अनिला खड्काले निर्देशन गरेका हुन् । चलचित्र सामाजिक एवं प्रेमकथामा आधारित रहेर निर्माण गरिएको निर्माता प्रदीप भारद्वाजले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु