छलले कति दिन छल्छ ?

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७२, शुक्रबार

चलचित्र छल माघ ८ गते शुक्रबारबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र छलले अब दर्शकहरुलाई कति दिन छल्ने हो काउनडाउन सुरु भएको छ । लाइफ रेश मुभिजको व्यानरमा निर्माण भएको एक्शनप्रधान चलचित्रमा प्रज्वल गिरी, सञ्जोग राणा, श्रीदेव भट्टराई, सोनिया गिरी, सविना कार्की, ईशा गौतम, श्याम मगर लगायतका कलाकारको अभिनय रहेको छ भने सन्तोष कुँवरको प्रस्तुतीमा हरी कुँवर र देवी बहादुर तोलाङ्गी निर्माता रहेका छन् ।

यसमा शंकर महर्जनको द्वन्द्व, गणेश चौधरीकोे संगीत, अजय स्याङ्तानको नृत्य, शिव घिमिरेको निर्देशन रहेको छ । छल चलचित्र एक्शनमात्र नभएर माया प्रेमका सन्दर्भ र विविध खाले मनोरञ्जनात्मक खुराकलाई हामीले त्यत्तिकैमात्रामा प्रयोग गरेका कारण चलचित्र दर्शक रुचिको बनेको विश्वास निर्माणपक्षले लिएको छ ।

chhal7

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु