‘छाउपडि’ जनचेतनामुलक गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७८, आईतवार

गीतकार रमेश दहालको शव्दमा रेकर्ड गरिएको छाउपडि बोलको गीत बजारमा आएको छ । गायिका सोफिया थापाको सङ्गित र स्वरमा रेकर्ड भएको ‘छाउपडि’ बोलको गीत कर्णाली महोत्सवमा यहि फागुन २७ गते सार्वजनिक भएको हो । गीतमा संगीत संयोजन विशाल पौडेलको रहेको छ । स्थानीय पात्रलाई भिडियोमा उतारेकोले गीतको म्युजिक भिडियो समेत सजिव देखिन्छ । गायिका सोफिया थापाले आफ्नो युट्युव च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेकी छन् ।
मुलुकी अपराध संहिता ऐनको दफÞा १६८ (४) मा छाउपडी राख्नेलाई सजायको ब्यबस्था गरेको छ । छाउपडी सम्पूर्ण नेपाली समाजको समस्या हो भन्ने आग्रह गीतका गरिएको छ तर ठाउँ अनुसार यसका स्वरुप फरक भएकाले सुविधा सम्पन्न शहरी क्षेत्रमा समेत छाउपडि कुनै न कुनै अर्को रुपमा रहेको हुन सक्छन् । छाउपडीले सिधै छाउगोठ बुझाउछ जहाँ रजस्वला भएकि महिलालाई बस्न बाध्य पारिन्छ ।
कानुनले उन्मुलन गरेको छाउपडी प्रथा खास गरी नेपालको सुदुर पश्चिममा अझै ब्यापक छ जसले महिलामाथिको दमन, शोषण र विभेदलाई अझै जिवित राखेको छ । युवतीहरु निश्चित उमेर पुगेपछि हुने रजस्वला प्राकृतिक प्रकृया हो तर यसलाई धर्म र पापसङ्ग जोडेर मनोबैज्ञानिक त्रास फÞैलाइएको छ भने सुत्केरी हुदा झन खानपान र सरसफाईमा ख्याल गर्नुपर्ने समयमा महिलालाई पोसिलो खाना बन्देज गरिएको हुन्छ । रजस्वला हुदा वा सुत्केरी हुदा घरभित्र पस्न नहुने अन्धबिस्वासले महिलाहरु घरभन्दा पर एउटा सानो असुरक्षित गोठ वा छाप्रोमा बस्न बाध्य पारिन्छन् । यसबाट निम्तिएका धेरै घटना समेत सार्वजनिक भएका घटनाहरु हामी सुन्दै आएका छौ । त्यसैले छाउपडी प्रथाको जरो उखेलौ र नेपालको प्रचलित कानुन मानी हाम्रा दिदी बहिनीलाई मात्रै हैन समग्र समाजकै गतिलाई अवरोध खडा गरेको छाउपडि उन्मुलन गरौ भन्ने आग्रह गीतले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु