छोराको मृत्युपछि बुहारिको कन्यादान (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७२, शनिबार

काठमाडौं । हाम्रो समाजमा बुहारीलाई दोश्रो दर्जाको मानिसको रुपमा हेरिन्छ । झन् छोराको निधन पछि त विधवा भएकि बुहारीलाई बसिखान दिंइदैन । कहिले अलच्छिनी त कहिले त लोग्ने टोकुवी जस्ता उपनाम पाइरहन्छन् नेपाली एकल महिलाले ।

समाजमा जति कठै र जति विचरा भनिएता पनि परिवार भित्र बुहारीले धेरै सकस खेप्नु पर्दछ । यति सम्म कि कति बुहारीहरुले त दाइजो नल्याएको र विधुवा बनेको बदलामा ज्यान नै गुमाउनु परेको छ । तर, सबै परिवार कहाँ त्यस्ता हुन्छन् र रु हाम्रै समाजमा पनि लक्ष्मीकी रुपमा भित्रिएकी बुहारी एकल भएपछि कन्यादान गरिएको छ ।

kanyadan, dinesh thapa & sapana

यस्तै कथावस्तुको सेरोफेरोमा सर्ट मुभि ‘कन्यादान’ तयार भएको छ । छोरा को निधन पछि बिधवा बुहारीलाई बिबहा गरेर सासू ससुराले कन्यादान गरेको घटनालाई प्रयोग गरेर तयार पारिएको सर्ट मुभि ‘कन्यादान’मा बुहारी सपना लामिछाने, छोरा दिनेस थापा, सासू—ससुरा युबराज खत्री र पार्वती कुमाल अनि बिबाह गर्ने युबक अशोक सुनुवार र बैनी उषा बस्नेतले अभिनय गरेका छ्न् । शंकर अधिकारी घायलको लेखनर निर्देशनमा अशोक सुनार को छायांकन ,युबराज खत्री को सम्पादन रहेको बुहारीको ‘कन्यादान’लाई एन एच एस मिडियाले आफ्नो युटुब च्यानल मार्फत सार्बजनिक गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु