जन्मभुमी’को यू ट्यूब टे«लर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७१, बुधबार

जन्मभुमी’को यू ट्यूब टे«लर सार्वजनिक भएको छ । प्रस्तुत टे«लरमा खासगरी राष्ट्रिय भावना, माटोका कुरा, राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप जस्ता बिषयमा आक्रोश देखाइएको छ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीे बैशाख ११ लोकतन्त्र दीवसका अवसरमा आउने भएको छ । रिलिज मितिलाई लक्षीत गर्दै जन्भुमी को निर्माण टीमले नयाँ प्रचार सामग्री सार्वजनिक गरेको छ । खासगरी सामाजिक कथामा केन्द्रित जन्मभुमीमा राष्ट्रप्रेम झल्काइएको चलचित्र भएको बताईएको छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्र निर्माण गरीएको साथै चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको चलचित्र भएको निर्देशक मोहन निरौलाले वताए । निर्देशक निरौला भन्छन – मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु , हेरौ कतिको सफल हुन्छु । यसमा उनको निर्देशनसंगै लेखन र अभिनय पनि रहेको छ ।

चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।

अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर चलचित्र रिलिज गरिनेछ । यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा चलचित्रको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि जन्मभुमी’ नामक चलचित्रकै निर्देशन गरेका थिए । चलचित्र जन्मभुमीलाई उपत्यका बाहिर एफडी कंपनि र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्दैछन् ।

janmabhumi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु