जन्मभूमिले देखायो च्यारिटि सो

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७२, बिहीबार

काठमाडौं । यहि साताको शुक्रवारबाट प्रदर्शनमा आउने भनिएकोे चलचित्र ‘जन्मभूमि’को च्यारिटि सो देखाइएको छ । राष्ट्रिय एकता झल्काउने चलचित्र ‘जन्मभूमि’को च्यारिटि सो विश्व ज्योती हलमा सम्पन्न भएको हो । चलचित्रको च्यारिटि सो हेर्न अतिथिहरुको बाक्लो उपस्तिथि थियो । स्वाभिमानी नेपालीको सार्वभौम सत्ता र राजनीतिमाथी भारतले सदियौंदेखि गर्दै आएको हस्तक्षेप, सिमा अतिक्रमण, उपनिवेश बनाउन खोज्ने मनसाय जस्ता भारतको दुस्प्रयासमाथी धावा बोल्दै चलचित्र ‘जन्मभूमि’ तयार पारिएको छ । चलचित्रको च्यारिटि सो हेरे पछि अतिथिहरुले राष्ट्रिया झल्काउने र समय सापेक्ष भएको प्रतिक्रया दिएका थिए । चलचित्र यहि सालको वैशाख ११ गते प्रदर्शनमा आउने भनिएता पनि भूकम्प, नाकाबन्दी र विभिन्न कारण प्रदर्शन मिति सारिएको थियो ।

janmabhumi-poster

सुरज गिरिले निमार्ण गरेको यस चलचित्रलाई मोहन निरौलाले निर्देशन गरेका हुन् । चलचित्र ‘जन्मभूमि’मा विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, केशव भट्टराई, ओम प्रतिक लगायत कलाकारहरुको अभिनय रहेको छ । यसतै, चलचित्रमा नवनायिका जेविका कार्कीको पनि मुख्य भुमिका रहेको छ ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु