जन्मभूमीको नतिजा के होला ?

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७२, शुक्रबार

चलचित्र ‘जन्मभूमी’ आजबाट देशका विभिन्न हलहरुमा प्रदर्शन हुँदैछ । तर राष्ट्रियता झल्काउने र समय सापेक्ष भएको भनिए पनि चलचित्र प्रदर्शन भई सक्दा समेत यसको प्रचार प्रसार र चर्चा भने खासै रहेको छैन । जसले गर्दा यसरी सुक्ष्म प्रचार प्रसारमा नै चलचित्र प्रदर्शनमा आउदा यसले के कति नतिजा ल्याउला भन्ने कुरामा शंखा उब्जनु जायज छ । यसैत करिब एक बर्ष अगाडिनैे प्रदर्शनमा आउने भनिएता पनि विभिन्न कारण देखाउँदै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति सोरेको थियो । कलाकार तथा निर्देशक मोहन निरौलाको निर्देशनमा बनेको यस चलचित्रले नेपाली समाजको यथार्थतालाई पर्दामा चित्रित गरेको बताईएको छ । हुनतः चलचित्रले केहि ठाँउमा च्यारिटि सो समेत गरेको थियो तर अहिलेको स्तिथिमा प्रचार प्रसारको लागि विभिन्न स्क्यान्डल र रणनीति अपनाउनेहरुको त ढाड सेक्कीएको छ भने यस चलचित्रले कस्तो नतिजा ल्याउला ? यो सोचनै पर्ने विषय हो ।

16032842janma2

निर्देशक निरौला स्वयम पनि चलचित्र प्रदर्शन आउनै लागि सक्दा पनि केहि दिन अगाडिसम्म चलचित्र प्रचारमा भन्दा पनि नाटक देखाउनमा नै व्यस्त देखिए । वर्षदिन पहिलेनै प्रदर्शन गर्ने भनिएको चलचित्रलाई प्रदर्शन गर्न मात्र उनको मनसाय हुन सक्छ तर दर्शकले यो चलचित्र प्रदर्शन हुँदैछ है भन्नेसम्म थाहा नपाई हलमा आउँदा त्यो चलचित्रको व्यवसायिक नतिजा के होला ? त्यसको लागी प्रदर्शन पर्खिनै पर्दैन। जेहोस् चलचित्रको जे जति प्रचार प्रसार र चर्चा भए पनि चलचित्रले रामै्र व्यापार गरोस् भन्ने हाम्रो शुभकामना छ । सुरज गिरिले निर्माण गरेको यस चलचित्रमा जेबिका कार्की, निष्मा घिमिरे, अनु शाह, विनोद श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

janmabhoomi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु