जलजलालाई रापती समाज अष्ट्रेलियाको ५१ हजार २५० सहयोग

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७४, शुक्रबार

१९ माघ, काठमाडौं । दुवै मृगौला खराब भएर टिचिङ अस्पतालमा उपचार गराइरहेकि गायिका जलजला परियारको उपचारका लागि रापती समाज अष्ट्रेलियाले ५१ हजार २५० सहयोग गरेको छ । समाजका अध्यक्ष नरेश रेग्मी सहितका पदाधिकारीले संकलन गरेको रकम शुक्रबार जलजलाका परिवारलाई हस्तान्तरण गरिएको हो । संबैधानिक कानुनका ज्ञाता गायक तथा संगीतकार डा भिमार्जुन आचार्य, गायक तथा संगीतकार प्रकाश रेग्मी र गीतकार एबं पत्रकार लोकराज अधिकारी शिक्षण अस्पताल पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण पछि बोल्दै डा. अचार्यले रापती समाज अष्ट्रेलियाले गरेको कार्यको प्रशंशा गरे । उनले यस प्रकारको मानविय सेवामा जुट्ने समाजका सबै सदस्यलाई धन्यवाद पनि दिए ।


कामको सिलसिलामा अष्ट्रेलिया पुगेका रापतीका युवाहरुले गरेको यो सहयोगले विश्वको कुनामा रहेका रापतीबासीलाई प्रेरणा दिएको र गर्व गर्ने बिषय भएको बताए । डा. आचार्यले सहयोग जुटाउन पहल गर्ने कार्यसमिति र शुभेक्छुकको सहयोगी मनलाई नमन गर्नु पर्ने बताए । त्यस क्रममा गायक तथा संगीतकार प्रकाश रेग्मी र गीतकार एबं पत्रकार लोकराज अभिकारीले जलजलाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अन्य सहयोगी हातहरुलाई सहयोगका लागि अपिल गरेका छन् । नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् । दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई सहयोग रकम जुटनेक्रम जारी छ ।


रापती समाज अष्ट्रेलियाले स्थापनासंगै मानविय सेवा साथै बिबिध गतिबिधि गर्दै आएको छ । निकट भविश्यमै समाजले अष्ट्रलियामै अन्तराष्ट्रिय रापती म्यूजिक अवार्ड पनि गर्दै छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु