जात्रा लिएर आउँदै रबिन्द्रसिंह

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७३, शुक्रबार

‘टलकजंग भर्सेस टुल्के’ चलचित्रबाट चर्चा कमाएका निर्माता, अभिनेता तथा रंगकर्मी रबिन्द्रसिंह बानियाँले नयाँ चलचित्र ‘जात्रा’ बनाउने भएका छन् ।
चलचित्र ‘टलकजंग भर्सेस टुल्के’मा मुखियाका छोरा तथा ‘पशुपति प्रसाद’मा मुखुण्डोधारी हनुमानको भूमिकाबाट चर्चामा आएका बानियाँले षट्कोण आर्ट्सको ब्यानरमा उक्त चलचित्र ‘जात्रा’ बनाउन लागेका हुन् ।

1606170313442042_1059275284162687_1763257043_o

मह सञ्चारमा डेढ दशकदेखि सिर्जनात्मक पाटो हेर्दै आएका प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा चलचित्र ‘जात्रा’ बन्ने भएको हो । असार पाँचदेखि छायांकनमा जाने र मंसिर १९ गते सार्वजनिक प्रदर्शनमा चलचित्र आउने निर्माण पक्षले जारी बिज्ञाप्तीमा उल्लेख छ । असन, इन्द्रचोकलगायत काठमाडौंका पुराना बस्तीमा करिब एक महिना छायांकन हुने चलचित्र असनका तीन पसलेले व्यहोर्ने अभाव, खुशी, हाँसो, दुःख, सुखलगायत जीवनका संवेदनामा केन्द्रित हुने जनाइएको छ । चलचित्रमा विपिन कार्की, रबिन्द्रसिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा, कमलमणि नेपाल, सजन थापा मगर, निलकाजी शाक्य, प्रियंका झा, मणिराम पोखरेल, कृष्णभक्त महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, बालदीप राई, कुमार शाहलगायतले अभिनय गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु