जीवनलाई एक दर्जन बच्चाका बाउ बन्ने रहर

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७१, बुधबार

काठमाडौ । आजको समयमा दुई सन्तान, इश्वरको बरदान भनिन्छ तर पछिल्लो समयका चल्तीका नायक जीवन लुइँटेललाई एक दर्जन बच्चाका बाउ बन्ने रहर जागेको छ । आफ्नो एउटा मात्र सन्तान भएका नायक लुइँटेलको चाहना देख्दा पत्याउन गाह्रो छ । हुनपनि यो रियल लाइफमा नभै रिल लाइफको कुरा हो । राजधानीमा मंगलबार भेटिएका स्टुपिड मनहरु मध्येका जीवन लुइँटेलले पत्रकार सामु यो इच्छा जाहेर गरेका हुन् । चलचित्र स्टुपिड मनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफू पनि स्टुपिड मन भएको र स्टुपिड व्यक्तिहरुले गर्ने चरित्रमा आफू देखिएको बताएका थिए । स्टुपिड मनको फस्ट लुक कार्यक्रममा देखाइएको चलचित्रको प्रोमोमा आफ्नी प्रेमीकासँग एक दर्जन बच्चाको बाउ बन्ने रहर भएको बताएका छन् ।

चलचित्र क्षेत्रमा क्रियाशील भएका नायक निजर बरालले निर्माण गरेको चलचित्र स्टुपिड मनको फस्टु लुक, टिजर र फोटो लुक लन्च गरिएको छ । गत मंगलबार पत्रकार सम्मेलन आयोजना गरी स्टुपिड मनले आफ्नो रिलिज डेटसहित फस्ट लुक सार्वजनिक गरेको हो । आफ्नो लक्ष्य र सपना बिर्सिएर प्रेमको पछि लाग्ने चरित्रहरुको कथालाई लिएर निर्माण गरिएको स्टुपिड मनको सम्पूर्ण छायाँकन थाइल्याण्डमा गरिएको  निर्माणपक्षले बताएको छ । थाइल्याण्डको फुकेटमा सम्पूर्ण छायाँकन गरिएको यस चलचित्रमा निरज बरालका साथमा विवेक शाही पनि निर्माताका रुपमा रहेका छन् । शुभ फिल्म्स्को ब्यानरमा निर्माण गरिएको चलचित्र स्टुपिड मनलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यस चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा रहेको छ भने सञ्जय लामाले छायाँकन गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको छ भने अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
चलचित्रमा जीवन लुइँटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, मार्टिन खान आदिको अभिनय रहेको छ । भदौ २० गते रिलिज डेट तय गरेको चलचित्र स्टुपिड मनको प्रोडक्सन डिजाइनरका रुपमा भने बुद्धिलाल मगर रहेका छन् ।
14052747IMG_7956

14052713IMG_8048

14052713IMG_8037

14052712IMG_8023

14052713IMG_8049

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु