जेठी श्रीमतीसँग सम्बन्ध सुधार भएपछि उदित जन्मस्थल भारदहमा ! गए ससुराली समेत !

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७४, शनिबार

फागुन १९, काठमाडौं । प्रसिद्ध गायक उदितनारायण झा १० वर्षपछि आफ्नै गाउँ आइपुगेका छन् । जेठी श्रीमती रन्जनासित सम्बन्ध सुधार भएपछि घरायसी कार्यका लागि उदित घर भारदह आएका हुन् । उनी बुधबार ससुराली (जेठी श्रीमतीको माइती) बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मली गएका छन् ।

जेठी श्रीमती रन्जना झासितको विवादपछि गाउँका बासिन्दा पनि उदितको विपक्षमा उभिएका कारण उनी लामो समयदेखि घर फर्कन पाएका थिएनन् ।

उनी एक हप्ता सप्तरी भारदहस्थित घरमै बसेर यसवर्षको होली गाउँमा आफन्तसँगै मनाएका छन् । उनलाई भेट्न उनको घरमा गाउँका मानिस र प्रशंसकहरुको भीड छ । उनले भेट्न आउनेलाई मिठाई खुवाउँदै उपहारसहित होलीको शुभकामना दिने गरेका छन् ।

सन् १९८८ मा फिल्म कयामत से कयामत तकको ‘पाप कहते है वडा नाम करेगा’ बोलको गीतबाट प्रसिद्धी पाएका उदितले ३० भाषाका १५ हजार गीतमा आफ्नो स्वर दिएका छन् । उनले नेपाली, मैथिली, नेपाल भाषा, उर्दू, हिन्दी, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन् ।

नारायण ज्यूले करीब ३० भाषाहरूमा १५,००० भन्दा बढी गीत गाउनु भएको छ जस्मा २६० चलचित्रहरू मात्र हिन्दीमा गीत गाएका छन्। उनी पद्म श्री पुरस्कारको विजेता पनि हुन् यस्तै २००१मा प्रबल गोर्खा दक्षिण बहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह बाट पाएका थिए । २००९मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित पाए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु