जेठ २१ बाट देशभर ‘मेन्टल’

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार

काठमाडौ । पढेलेखेको पागलको कथालाई समेटेर बनाइएको नेपाली कथानक चलचित्र ‘मेन्टल’ आगामी जेठ २१ मा रिलिज हुने भएको छ । सरोज पौडेलको निर्देशन रहेको ‘मेन्टल’मा प्रथम खड्काको मूख्य भूमीका रहेको छ ।

mental - dinesh thapa

उचित शिक्षा र योग्यता हुँदाहुँदै पनि देशको राजनैतिक उथलपुथलका कारण केहि गर्ने मौका पाउन नसकेपछि पागल बन्न पुगेका पात्रको भूमीका निर्वाह गरेका प्रथमले वास्तविकता झल्किने कथामा चलचित्र बनाएको दावी गरे ।

केहर सिंह भण्डारी, बसन्त बर्मा, हरी क्षत्री र सुदन धितालले निर्माण गरेको यस चलचित्रमा ‘प्रथम’ लगायत पूजा भट्ट, सुरवीर पण्डित, दीपक श्रेष्ठ, विभू श्रेष्ठ, डिपी शाह र सरोज प्याकुरेलको पनि महत्वपूर्ण भूमीका छ । अर्जुन पोखरेल र राजन मगरको सङ्गीत रहेको ‘मेन्टल’लाई राजेन्द्र सापकोटाले छायाँकन भने कथा भोजराज देवकोटाकोले तयार पारेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु