जेठ २९ मा राहदानी

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७२, बिहीबार

काठमाडौ । चलचित्र राहदानीको प्रदर्शनी तिथि तय गरिएको छ । यो चलचित्रलाई आगामी २९ जेठबाट काठमाडौं र मोफसलका सिनेमा हलमा एकसाथ प्रदर्शनी गरिने यसका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले जानकारी गराएका छन् । ढकालका अनुसार यो चलचित्रलाई बितरण सँस्था एफडीले मोफसलमा बितरण गर्दैछ । यस्तै काठमाडौं उपत्यकाको लागि बितरण सम्झौता बितरण सँस्था पपकर्नसँग भएको पनि उनले बताए ।
यो चलचित्रलाई सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । चलचित्रका लेख पनि उनी आफैं हुन् । चलचित्र बारे निर्देशक क्षत्रीले भने,‘खाडी मुलुकमा बैदेशिक रोजगारीमा रहेको नेपाली युवाहरुले पठाएको रेमिट्यान्सले मुलुकको कुल ग्राहस्थको २५ प्रतिसत सघाउ पु-याएको छ । तर उनीहरुले भोगिरहेको कैयौं समस्याप्रति सरकारले बेवस्ता गरिहरेको छ ।’ क्षत्रीले अगाडि थपे,‘बैदेशिक रोजगारका यस्ता कैयौं समस्यालाई यो चलचित्रमा समेटिएको छ । बैदेशिक रोजगारमा जाँदा घर देखि बिदेशसम्म नेपाली कामदारले भोग्न समस्यामा यो चलचित्र केन्द्रित छ ।’
चलचित्रले काठमाडौं र मोफसलमा गरेर डेढ दर्जन भन्दा बढी च्यारिटी शो गरिसकेको छ । जसबाट विभिन्न सँस्थालाई सहयोग गरिएको पनि क्षत्रीले जानकारी गराए । च्यारिटी शोमा सहभागी दर्शकबाट आफुहरुले निकै राम्रो प्रतिक्रिया पाएको पनि उनले बताए । यथार्थ कथामा आधारित रहेको यो चलचित्र निर्माण गरिएको पनि निर्देशक क्षत्रीले दाबी गरे । जसमा नेपाली समाजसँगै यहाँको कला, साहित्य, सँस्कृतिलाई पनि समेटिएको उनले बताए ।
राहदानी अन्य निर्मातामा चण्डिप्रसाद श्रेष्ठ, कृष्णचन्द्र झा, रियाना पात्रबँशी लगायत रहेका छन् । यसमा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, सृजना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकाश जोशी, दिनेश दुलाल, अस्मिता बस्नेत, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत सहितको अभिनय रहेको छ । यसमा रिमा विश्वकर्माको आईटम डान्स रहेको छ । चलचित्रमा राजु शाहको नृत्य निर्देशन, बसन्त सापकोटा, चेतन सापकोटा, जुगल डँगोल र गैरे सुरेशको सँगीत, बनिश शाहको सम्पादन, रामशरण उप्रेतीको छायाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु