झरीमा खेल्दै ‘नालायक’

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७२, आईतवार

वर्षातको समय, दिनैपिच्छे जसो झरीसंग लुकामारी खेल्दै भएपनि चलचित्र नालायकको छायाँकन भैरहेको छ । लामो समयदेखि रंगपत्रकारको रुपमा काम गर्दै आएका सानुकाजी श्रेष्ठ उत्तरगया फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘नालायक’ मा कार्यकारी निर्माता भएका छन् । एक्शनप्रधान चलचित्र ‘नालायक’मा सुन्दर श्रेष्ठ, सोनाम थापा, खुश्बु खड्का, श्यामकुमार मिश्र, पदम गाहा, उत्तम केसी, पवन केसी, मञ्जु श्रेष्ठ र बालदिप राई आदिको मुख्य अभिनय रहेकोे छ । रामभक्त श्रेष्ठको निर्देशन तथा पदम गाहाको प्रस्तुती र खिमान थापाको निर्माण रहेको चलचित्र हाल छायाँकनको अन्तिम चरणमा पुगेको छ । यसमा नृत्य दिनेश पाख्रीन, संगीत ओम सुनार, व्दन्व्द हिमाल केसी, छायाँकन कृष्ण श्रेष्ठ, व्यवस्थापन सूर्य बुढाथोकीले सम्हालेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु