‘टिनएज’को सम्पादनसँगै ‘इन्काउन्टर’कोे तयारी

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७३, बुधबार

नित्य निर्देशक दिनेश पाख्रीनको निर्देशन रहेको चलचित्र ‘टिनएज’को अहिले छायांकन कार्य समाप्त भएको छ । उक्त चलचित्र नृत्य निर्देशक पाख्रीनको डेब्यु निर्देशन रहेको चलचित्र हो । हाल उक्त चलचित्रको सम्पादन कार्य भईरहेको छ । चलचित्रमा चिनिमायाँ वाइवा (पाख्रिन), देविका खड्काको निर्माण रहेको छ । चलचित्रमा नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, कृष्ण सिवाकोटी, रामभक्त श्रेष्ठ, सरिता राजोपाध्याय, अजय खड्का, निर्मल लामा लगायतका कलाकारको अभिनय रहनेछ ।

16060848teen

सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा दिक्षा पाख्रिन, सोम लामाको नृत्य, राजु किराँतीको द्वन्द्व, विकास चौधरीको संगीत, राम, लक्ष्मणको सहनिर्देशन रहनेछ । यता चलचित्र ‘टिनएज’को सम्पादन भैरहेको छ भने उता दिनेश पाख्रिनकै निर्देशन रहने, हर्क देउवाद्वारा निर्मित चलचित्र ‘इन्काउन्टर’को गृहकार्य भैरहेको छ ।

16060848tee

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु