अनमोल र सृष्टि स्टारर फिल्म ‘गाजलु’को ट्रेलर रिलिज (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७३, शुक्रबार

काठमाडौं । युवा स्टार अनमोल के.सी. र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘गाजलु’को नयाँ वर्षको अवसर पारेर ट्रेलर रिलिज गरिएको छ । फिल्ममा आधारित बर्षौं पहिले नेवारी समुदायमा रहेको कुमारी प्रथाको विषय वस्तुलाई समेटेर ट्रेलर रिलिज गरिएको छ । उक्त फिल्मको ट्रेलर राजधानीमा आयोजित एक कार्यक्रममा सार्बजनिक गरिएको थियो । फिल्म निर्देशक हेमराज बिसीका अनुसार कुनै फेस्टिभलको लागी नभई ‘गाजलु’ कमर्सियल फिल्म रहेकोे र दर्शकको चाहना र भावना बुझ्ने फिल्म बनेको बताएका छन् । फिल्मको स्टोरी अनुसार नै ट्रेलर तयार पारेको उनको भनाइ छ । फिल्ममा अनमोल र सृष्टि लगायत गौरव पहाडी, सलोन बस्नेत, मेनका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाहीको पनि अभिनय रहेको छ । रोहित अधिकारी र हेमराज बिसी निर्मित उक्त फिल्म जेठ २८ गतेबाट प्रर्दशनमा आउने छ ।

 ट्रेलर भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु