डबिङ्गमा नाईके । पहिलो स्वर दिए आर्यन र रेम ले

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७१, मंगलवार
काठमाडौं । द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा निर्मित नेपाली चलचित्र ‘नाईके’ हाल चलचित्रको  ब्यापक दौड धुपमा व्यस्त छ । प्रदर्शन मिति नजिकिदै गर्दै चलचित्र फाईनल गर्नु पर्ने भएको ले हाल चाचित्रको काममा ब्यापक लागि परेका छन् चहल्चित्रको  निर्माण  टिम । पोखरेली प्रोजेक्ट “नाईके” आगामी भदौ १३ गते बाट प्रदर्शनमा आउने भएको छ ।
 हाल चलचित्रको समपूर्ण काम सकेर चलचित्र “नाईके” को सोराकंन कार्य अर्थात डबिङ्ग  कार्य भईरहेको छ । सोमबार बाट सुरु भएको डबिङ्गमा पहिलो स्वोर भने आर्यन संगै लिड भूमिकामा रहेका पोखरेली पत्रकार एबम कलाकार रेम बिक ले स्वोर दिएका छन । चलचित्र भित्रको एउटा पात्र उनले सोमबार अवाज दिएका थिए भने नायक आर्यन सिक्देलले पनि सोमबार नै आवाज भरेका छन् । प्रदर्शनको लागि अब ब्यापक प्रचार प्रशारमा उत्रिने “नाईके’ चलचित्रको युनिटले बताएको छ । चलचित्रको प्रदर्शन मिति भने भदै १३ नै हो भन्छन निर्देशक नित्र गुरुङ ।
 नाईके बन्नलाई रेम बीक र बोधराज रेग्मीले सघाउँदैछन् । घोषणा कार्यक्रममा नायिकाको नाम भने खुलाइएको थिएन । ‘नायिकाको विषयमा कुराकानी भैरहेको छ ।’ निर्देशन नेत्र गुरुङले भने-’केहि दिनमा नायिकाको नाम पनि सार्वजनिक गर्नेछौँ ।’
IMG_0158 copy
पोखराकै निर्माताहरुको लगानीमा निर्माण भएको यस चलचित्र ग्याङस्टारहरुको कथामा बनेको बताईएको छ ।‘फिल्मले ग्याङस्टारका आत्मव्यथा, उसलाई हेर्ने सामाजिक नजर, देशको राजनीतिक चलखेल, भावनात्मक सम्बन्धका किस्साहरु र विभिन्न सामाजिक परिवेशहरुलाई समेटेको छ  ।’ ’आर्यन सिग्देललाई यो फिल्ममा नितान्त भिन्न रुपमा प्रस्तुत गरेका छौं ’  फिल्मका लेखक समेत रहेका निर्देशक गुरुङले भने ।
 चलचित्रमा  नायक आर्यन सिग्देल , रेम बिक , बोधराज रेग्मी, सुरबिना कार्की ,सारिका केसी, विजयराज सेन्चुरी, विकास बाँस्तोला, कृष्ण उदासी लगायतको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको यस चलचित्रलाइ  पोखरा र आसपासका क्षेत्रमा छायाँकन गरीएको छ । चलचित्रमा सानुकुमार महर्जनको द्धन्द निर्देशक,राप्रकाश लिम्बु, रमण गायक र योगेश काजी बिसीको संगीत रहेको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु