डिसिने अवार्डको आठौं संस्करण पोखरामा

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७३, बिहीबार

विगत आठ वर्षदेखि निरन्तर डिजिल फम्र्याटका सिनेमाहरुलाई सहभागी गराउँदै गरिँदै आएको डि सिने अवार्डको आठौं श्रृंखला पोखरामा सम्पन्न हुनेभएको छ । नेपालमा आयोजना हुने अवार्डहरुमध्ये उत्कृष्टताको सूचीमा रहेको यो अवार्डले उपत्यका बाहिर भने पहिलोपटक आयोजना गर्न लागेको हो । पोखराको पाँचतारे होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न हुन लागेको यस अवार्ड आगामी साउन २९ गते हुने भएको छ । केही समयअघि मात्र अवार्ड हुने स्थान र म्यानेजमेन्टका लागि सम्झौत ागर्न पुगेको डि सिने अवार्डको भ्रमण टोलीले होटल ग्राण्डसँग सम्झौता गर्दै अवार्डको मिति तय गरेको थियो । होटेल पोखरा ग्राण्डका सेल्स म्यानेजर कमल शेरचन र डि सिने अवार्डका अध्यक्ष शान्तिप्रियबीच यहि श्रावन २९ मा कार्यक्रम सम्पन्न गर्ने समझदारी भएको छ । पोखरामा आठौं डि सिने अवार्ड सम्पन्न गर्नका निमित्त शोभित बस्याल, गणेश ढकाल एवं बोधराज रेग्मी सहितको तीन सदस्यीय स्थनिय संयोजन समिति समेत गठन गरेर अवार्डका अध्यक्ष शान्तिप्रिय, सांस्कृतिक कार्यक्रम संयोजक सुमन दाहाल एवं कार्यक्रम संयोजक मणिराज गौतमको आयोजक टोली काठमाडौं फर्किएिको हो ।

d cine award

चलचचित्रका विभिन्न विधाहरुमा केन्द्रित रहेर आयोजना गरिएको यस अवार्डले आफ्नो आठौं वर्षसम्मको यात्रामा राजधानी केन्द्रीत रहेर चलचित्रको प्रबद्र्धन, सम्बद्र्धन एवं विकास र विस्तारलाई आत्मसात गरिरहेको भए पनि यस वर्षबाट पर्यटकीय नगरी पोखरामा गर्न लागिएको आयोजक संस्था छायाँछविले बताएको छ । ‘नयाँ वर्ष नयाँ हर्ष घुमफिरको वर्ष’ भन्ने नाराका साथ पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्दै मनाइरहेको अवस्थामा यसरी पोखरामा अवार्ड आयोजना गरिन लागेको हो । चलचित्रको लागि मात्र पोखरामा सुटिङ हुने गरेको यस ठाउँमा पर्यटकीय हिसाबले पनि अवार्डहरुलाई त्यहाँ आयोजना गरिनु पर्ने धारणा आयोजकले राखेको छ ।

डिजिटल फम्र्याटमा चलचित्रहरु भर्खर निर्माण हुन लाग्दाको अवस्थामा आयोजना गरिएको छायाँछवि डि सिने अवार्डको आजको अवस्थासम्म आइपुग्दा चलचित्र उद्योग नै डिजिटलमय बन्न सफल भएको छ । सेलुलोइड फम्र्याटका चलचित्र शून्यतामा पुगिसकेको र डिजिटल फम्र्याटमा मात्र चलचित्र निर्माण हुँदाको अवस्थामा मुलुककै सर्वश्रेष्ठ अवार्डको रुपमा छायाँछवि डि सिने अवार्डलाई लिइने गरिएको छ । डिजिटल सिने नगरी बनिसकेको नेपाली चलचित्र उद्योगमा डि सिने अवार्डले सातौं वर्षसम्म भव्य र सभ्य रुपमा अवार्डलाई सम्पन्न गर्दै आएको छ । विभिन्न औद्योगिक घरानासँग सहकार्य गर्दै अवार्डलाई सम्पन्न गर्दै आइरहेको अवस्थामा यस वर्षबाट भने पर्यटकीय नगरी पोखरामा आयोजना गरिने भएको हो ।

d cine award2073

पोखरामा रहेको परिचय एडभरटाइजिङले यस इभेन्टको प्रमोशन गर्ने जिम्मा लिएको छ । पोखरामा विभिन्न इभेन्टको आयोजना गर्दै आएको परिचय एडभरटाइजिङले केन्द्रमा भइरहेको डि सिने अवार्डलाई पोखरामा पर्यटकीय हिसाबले प्रमोशन गर्न लागेको हो । चलचित्रको क्षेत्रलाई विस्तार गर्दै अवार्डलाई पनि विभिन्न पर्यटकीय क्षेत्रमा लैजानका लागि परिचय एडभरटाइजिङले आफ्नो अभियान सुरु गरेको छ । अवार्डमा बिग एफएमले प्रत्यक्ष प्रसारण गर्नुका साथै अवार्डसँग सहकार्य समेत गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु