डि सिने अवार्डमा क्षेत्रीलाई पुरस्कार, मल्ला र कायस्थलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७२, शुक्रबार

पौस ६ गत सम्पन्न हुन गइरहेको एलजी डि सिने अवार्ड २०७२ मा विगत २५ वर्षभन्दा अघिदेखि नेपाली चलचित्र उद्योगमा क्रियाशील दुई चलचित्रकर्मी गोपाल कायस्थ र गौरी मल्ललाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार डब्बु क्षेत्रीलाई छयाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

आगामी सोमबार कार्की बैंकट थापाथली हाइटमा एलजी डि सिने अवार्ड –०७२ को भव्य रुपमा कार्यक्रम आयोजना गरिँदैछ । विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिन लागेको उक्त कार्यक्रममा डि सिने अवार्डका विभिन्न विधमा अवार्ड प्रदान गरिँदैछ भने सो कार्यक्रमलाई हिमालय टीभी र रेडियो थाहा संचारले प्रत्यक्ष प्रसारण गर्नेछन् । सातौं संस्करणमा आइपुग्दा एलजीसँग ब्रान्डिङ गरेको डि सिने अवार्डको भव्य तयारी गरिएको आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

lutera

गोपाल कायस्थ
२०३९ सालदेखि चलचित्र प्रदर्शन व्यवसायबाट नेपाली रजतपटमा प्रवेश गरेका व्यक्ति हुन् गोपाल कायस्थ । २०४७ सालदेखि नेपाली चलचित्रको वितरण व्यवसायमा समेत प्रवेश गरी कायस्थले थुप्रै नेपाली चलचित्रको वितरण गरी सक्षम बितरकका रुपमा चिनिएका छन् । बितरक कायस्थ थोरै धेरै लगानी गरी चलचित्र निर्माणमा पछिल्लो समय देखा परे भने उनी ‘लुटेरा’ मार्फत् निर्माताकै रुपमा चिनिए । प्रदर्शन, बितरण एवं निर्माणमा प्रत्यक्ष संलग्न रही नेपाली चलचित्र क्षेत्रमा उनले दिएको योगदानको कदर गर्दै छायाँछवि चलचित्रकर्मी रजत सम्मान २०७२ द्वारा सम्मान गरिने भएको छ ।

gauri

गौरी मल्ल
२०४४ सालमा निर्माण भएको चलचित्र ‘सन्तान’बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री हुन् गौरी मल्ल । कुशल नृत्यङ्गनाका रुपमा समेत परिचित गौरी मल्लले थुप्रै उल्लेख्य चलचित्रमा अभिनय गरेकी छिन् । वसन्ती, कन्यादान, सरस्वती, स्वर्ग, आँधीबेहरी, लोभीपापी, काठमाण्डू जस्ता थुप्रै चलचित्रहरुमा उनले आफ्नो अभिनय कौशलता देखाइसकेकी छिन् । लभस्टोरी चलचित्रदेखि एक्सन प्रधान चलचित्रसम्म दमदार अभिनय गर्न सक्ने अभिनेत्रीको रुपमा चिनिएकी गौरी मल्ललाई नेपाली चलचित्र उद्योगमा उनले पु¥याएको योगदानको कदर गर्दै ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान – २०७२’ द्वारा सम्मान गरिने भएको छ ।

dabbu

डब्बु क्षेत्री
२०४९ सालमा नयाँकिरण साप्ताहिकबाट चलचित्र पत्रकारिताको आरम्भ गरेका व्यक्ति हुन् डब्बु क्षेत्री (डम्बर बहादुर बुढाथोकी) । खासगरी चलचित्र पत्रकारिताका माध्यमाबाट समग्र नेपाली चलचित्र पत्रकारिता एवं चलचित्र उद्योगलाई निरन्तर रुपमा डब्बुले योगदान गरिरहेका छन् । नयाँकिरण पछि पनि डब्बुले थुप्रै साप्ताहिक एवं सिनेमा पत्रिकामा आफ्नो पत्रकारितालाई निरन्तरता दिइरहे । पछिल्लो समय राजधानी दैनिकमा आबद्ध रही उनी चलचित्र पत्रकारितामा सक्रिय छन् । डब्बु क्षेत्रीले चलचित्र पत्रकारिताका माध्यमबाट समग्र पत्रकारितामा एवं चलचित्र उद्योगमा दिएको योगदानको मूल्यांकन गर्दै नगद रु ७७७७। सहित छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार – २०७२ द्वारा पुरस्कृत गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु