डि सिने अवार्डमा युवराज र सहिमा उत्कृष्ट गायक गायिका बराल उत्कृष्ट गीतकार, पोखरेल उत्कृष्ट संगीतकार

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७२, मंगलवार

काठमाडौंमा सोमबार सम्पन्न भएको सातौं एलजी डि सिने अवार्ड २०७२ मा युवराज चौलागाईं र सहिमात श्रेष्ठ उत्कृष्ट गायक गायिका बन्न सफल भए भने डा.कृष्णहरि बरालले उत्कृष्ट गीतकारको अवार्ड चुम्न सफल भए भने अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड चुमे । चलचित्र नोभेम्बरको गीत ‘तिमीलाई के भनुँ’ बोलको गीतबाट चौलागाईंले अवार्ड चुमेका हुन् भने सहिमाले हवल्दार सुन्तलीको ‘तिम्रा डोला डोला’ बोलको गीतबाट उत्कृष्ट बन्न सफल भएकी हुन् ।
त्यस्तै डा. कृष्णहरि बरालले चलचित्र कोहिनूरको ‘के म तिम्रो होइन र…’ बोलको गीतबाट उत्कृष्ट गीतकारको अवार्ड चुमेका हुन् भने संगीतकार अर्जुन पोखरेलले चलचित्र स्टुपिड मनको ‘तिम्रो आँखामा आँसु हेरि…’ गीतबाट उत्कृष्ट संगीतकारको अवार्ड चुमेका हुन् । गायक युवराज चौलागाईंले तिमीलाई के भनुँ बोलको गीतबाट यो वर्ष चारवटा अवार्ड चुम्न सफल भए भने गीतकार बरालले के म तिम्रो होइनर एवं संगीतकार पोखरेलले तिम्रो आँखामा आँसु हेरि बोलको गीतबाट ३ वटा अवार्ड चुमिसकेका छन् ।

arjun pokhrel
थापाथलीस्थित कार्की बैंकटमा ककटेल डिनरसहित आयोजना गरिएको एलजी डि सिने अवार्डमा विभिन्न ३५ विधाका स्रष्टा, सर्जक एवं सिर्जनाले अवार्ड प्राप्त गरेका थिए । अवार्डमा ८ विधामा अवार्ड चुम्दै चलचित्र नोभेम्बर रेन उत्कृष्ट चलचित्र बन्न सफल भयो भने सोही चलचित्रबाट आर्यन सिग्देल उत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री, छुल्ठिम डोल्मा गुरुङ उत्कृष्ट सहअभिनेत्री, दिनेश राउत उत्कृष्ट निर्देशक, युवराज चौलागाईं उत्कृष्ट गायक, सामिप्य तिमिल्सिना उत्कृष्ट सम्वाद र राजेश श्रेष्ठ उत्कृष्ट छायाँकारको रुपमा अवार्ड चुम्न सफल भए । त्यस्तै अवार्डमा चलचित्र कबड्डीले उत्कृष्ट पटकथा, ध्वनि मिश्रणसहित चार विधामा अवार्ड चुम्यो ।

sahima shrestha
अवार्डमा राजसागरको समूहले बाद्यवादनसहित अवार्डको ओपनिङ गरेका थिए भने संगम विष्टको समूह, गजित विष्टको समूह, दीपाश्री निरौलाको समूह, प्रमिला खनालको समूहको नृत्य र माला लिम्बूको नृत्यले रौनकता थपेको थियो । त्यस्तै दिपकराज गिरी र जितु नेपालले चलचित्र उद्योगकै गतिविधिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गर्दै उपस्थिति दर्शकहरुलाई हँसाएका थिए । त्यस्तै गायक एवं संगीतकार चेतन सापकोटाले प्रदर्शनमा आउन लागेको चलचित्र फन्कोको गीत ठुंग्दे ठुंग्दे गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

mala limbu
उक्त कार्यक्रममा २५ वर्ष अघिदेखि निरन्तर चलचित्र उद्योगमा क्रियाशील रहेकी नायिका गौरी मल्ल र बितरक एवं निर्माता गोपाल कायस्थलाई छायाँछवि चलचित्र रजत सम्मानबाट सम्मानित गरिएको थियो भने चलचित्र पत्रकारितामा दुईदशकअघि देखि कलम चलाउँदै आएका पत्रकार डब्बु क्षेत्रीलाई ७ हजार ७ सय ७७ रुपैयाँ राशिसहितको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सानो उमेरमा चलचित्र निर्देशन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल निर्देशक सौगात विष्टलाई छायाँछवि चलचित्र विशेष सम्मान प्रदान गरिएको थियो । अवार्डलाई दिनेश डिसी, राज श्रेष्ठ र सुष्मा श्रेष्ठ एवं निराजन भण्डारीले संचालन गरेका थिए ।

deepashree

विभिन्न ३५ विधामा अवार्ड चुम्नेहरु यसप्रकार छन्ः
उत्कृष्ट एनिमेशनरग्राफिक्सः अच्यूत गजुरेल –भीमदत्त
उत्कृष्ट श्रृंगारः अमृत मरहठ्ठा – टलकजंग भर्सेज टुल्के
उत्कृष्ट ध्वनी मिश्रणः उत्तम न्यौपाने –कबड्डी
उत्कृष्ट पाश्व संगितः एलिस कार्की – सेतो बाघ
उत्कृष्ट दन्द निर्देशकः चन्द्र पन्त – हबल्दार सुन्तली
उत्कृष्ट नृत्य निर्देशकः गम्भिर विष्ट – लभ यू बाबा
उत्कृष्ट गीतकारः कृष्णहरि बराल – कोहिनुर (के म तिम्रो होइन र)
उत्कृष्ट गायिकाः साहिमा श्रेष्ठ – हबल्दार सुन्तली (तिम्रा डोला डोला)
उत्कृष्ट गायकः युवराज चौलागाईं – नोभेम्बर रे (तिमीलाई)
उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल – स्टुपिड मन (तिम्रो आँखामा)
उत्कृष्ट बालकलाकारः संगम विष्ट – लभ यू बाबा
उत्कृष्ट नव नायिकाः शिल्पा पोखरेल – लज्जा
उत्कृष्ट नव नायकः सुदर्शन थापा – अझै पनि
उत्कृष्ट नव निर्देशकः मुस्कान ढकाल – नाईं नभन्नू ल ३
उत्कृष्ट खलपात्रः अनुप विक्रम शाही – हँसिया
उत्कृष्ट चरित्र अभिनेताः सबिन बास्तोला – सुनपानी
उत्कृष्ट चरित्र अभिनेत्रीः सूर्यमाला खनाल – सुन्तली
उत्कृष्ट सह अभिनेत्रीः छुल्ठिम गुरुङ – नोभेम्बर रेन
उत्कृष्ट सह अभिनेताः गजित विष्ट – पुनर्जन्म
उत्कृष्ट कथाः रामशरण पाठक – वल्र्ड कप इन नेपाल
उत्कृष्ट पटकथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा –कबड्डी
उत्कृष्ट संवादः सामिप्य तिमिल्सिना – नोभेम्बर रेन
उत्कृष्ट सम्पादनः राजु भण्डारी – वल्र्ड कप इन नेपाल
उत्कृष्ट छाँयाकारः राजेश श्रेष्ठ –नोभेम्बर रेन
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ – नोभेम्बर रेन
उत्कृष्ट अभिनेताः आर्यन सिग्देल – नोभेम्बर रे
उत्कृष्ट निर्देशकः दिनेश राउत– नोभेम्बर रेन
उत्कृष्ट फिल्मः नोभेम्बर रेन

जुरी अवार्डः भीमदत्त
क्रिटिक्स निर्देशकः रामबाबु गुरुङ – कबड्डी
क्रिटिक्स अवार्ड अभिनेताः दयाहाङ राई – कबड्डी
क्रिटिक्स अवार्ड अभिनेत्रीः प्रियंका कार्की – सुन्तली
विशेष चलचित्रः सुनपानी
पब्लिक च्वाइसः कोहिनुर
इनकरेजमेन्ट अवार्डः सविन श्रेष्ठ – हब्लदार सुन्तली

सम्मानः
छायाँछवि चलचित्र रजत सम्मान – गौरी मल्ल, नायिका
छायाँछवि चलचित्र रजत सम्मान – गोपाल कायस्थ, बितरक, निर्माता
छायाँछवि चलचित्र पत्रकारिता – डब्बु क्षेत्री, पत्रकार
छायाँछवि विशेष सम्मानः सौगात विष्ट, निर्देशक लभ यू बाबा

ashisma nakarmi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु