तामाङ र आर्यनबीचको घामपानी

म्यूजिक खबर
प्रकाशित: ८ चैत्र २०७३, मंगलवार

काठमाडौं । तामाङ समुदायको केटो र आर्यन समुदायको केटीको प्रेमकथामा आधारित रहेर निर्माण गरिएकोे चलचित्र ‘घामपानी’को ट्रेलर सार्वजनिक भएको छ । पत्रकार दीपेन्द्र लामा निर्देशित ‘घामपानी’ को ट्रेलरलाई राजधानीमा पत्रकार सम्मेलन गरी रिलिज गरिएको हो । दुई फरक समुदायका पात्रबीचको प्रेमसम्बन्ध र त्यसमा आइपर्ने बाधा–व्यवधान फिल्ममा समेटिएको दीपेन्द्रले बताएका छन् ।

dayahang_keki

चलचित्रमा दयाहाङ राई र केकी अधिकारीको मुख्य अभिनय छ भने अंकित खड्का, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अरुणा कार्की लगायतको पनि अभिनय हेर्न सकिन्छ । यो चलचित्र नयाँ वर्षसँगै सिनेमा हलमा आउँदैछ । अहिले ट्रेलरले राम्रै चर्चा पाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु