‘तारेभीर’ असार २ मा नेपालभर आउने

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं । चलचित्र ‘तारेभीर’ असार २ गतेदेखि नेपाल भर प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिंदै जाँदा चलचित्र यूनिटले प्रचार प्रसारलाई तीव्र रुपमा अघि बढाइरहेको निर्माता डी.के. देवानले जानकारी दिए ।

 

निर्माण पक्षका अनुसार केही समय अघि च्यारिटी सो केही स्थानमा भइसकेको छ । मोफसलमा चलचित्रको निकै राम्रो बनेको प्रतिक्रिया आइसकेको छ । यसले चलचित्र यूनिट निक्कै नै उत्साहित देखिएका छन् । चलचित्रको ट्रेलरले पनि धेरैलाई प्रभावित पारेको सहजै अनुमान लाउन सकिन्छ । चलचित्र ‘तारेभीर’मा हालको यथार्थ घटनाक्रमलाई चित्रण गरिएको छ । देशलाई अपराधिक गतिबिधिबाट मुक्त गर्नको लागि के कस्तो कदम चल्नुपर्छ भन्ने कुराको मिश्रण चलचित्र भित्र समेटीएको छ ।

Tarebhir-nepali-film

नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्ट कम्पनीको प्रस्तुति रहेको चलचित्रमा कलाकारहरु बिष्णु चेम्जोङ , नबिन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउ कृष्ण दिवान, रमेश सिंह, दिपेश श्रेष्ठ, अजय कुमार माझी, मन्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मा आदि रहेका छन् । यसैगरी चलचित्रमा प्रेम सुब्बा र कृष्ण आचार्यको कथा, युवराज राईको नृत्य, जनक गुरुङको द्वन्द्व, राम प्रसाद चौधरीको सम्पादन र प्रकाश गुरुङ, सनुप पौडेल र ब्राबिम सेर्माको संयुक्त संगीत रहेको छ । चलचित्रको निर्माता डी.के दिवान रहेका छन् भने निर्देशन प्रेम सुब्बाले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु