तीन वर्षपछि कम्ब्याक जेनेलिया

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७२, शुक्रबार

मुम्बई, (एजेन्सी) । विवाह गरेपछि अभिनयमा ‘ब्रेक’ गर्नु अभिनेत्रीहरुका लागि बाध्यताजस्तै हो । अझ आमा बनेपछि त ‘ब्रेक’ लिनु करै लाग्छ । यस्तै, बलिउड अभिनेत्री जेनेलिया देशमुखले पनि विवाहपछि अभिनयबाट ‘ब्रेक’ लिएकी थिइन् । अहिले उनी फेरि ‘कम्ब्याक’ गर्दैछिन् ।
अभिनेता रितेश देशमुखसँग विवाह गरेपछि ‘ब्रेक’ लिएकी यी अभनेत्री आमा बनेर ‘कम्ब्याक’ गर्दैछिन् । लामो समयपछि क्यामेरामा फेस गर्न आएकी जेनेलिया उत्साहित छिन् । सन् २०१२ मा रितेशसँग विवाह गर्ने वित्तिकै उनले अभिनयको दुनियाँबाट अवकाश लिएकी थिइन् । जेनेलियाको ‘कम्ब्याक’ लाई लिएर उनका पति रितेश पनि खुसी छन् । उनी भन्छन्, ‘जेनेलियाको जन्मदिनको अवसरमा यो कम्ब्याकको खुसी साटेको हुँ ।’

HD-Wallpaper-9112
अभिनेत्री जेनेलियाले पनि एक ट्विटमा भनेका छन्, ‘म शुटिङका लागि जाँदैछु । अहिले निकै उत्साहित छु । मैले तीन वर्षअघि शुटिङ गरेकी थिएँ । तर, आउने दिनमा धेरै राम्रो हुने महशुस गरिरहेकी छु ।’ यी अभिनेत्रीले ‘जाने तू या जाने ना’ र ‘तेरे नाल लभ हो गया’ जस्ता फिल्ममा काम गरेकी छन् ।
रितेशले आफ्नी पत्नीको ट्विटलाई शेयर गर्दै लेखेका छन्, ‘यो एक राम्रो दिन हुन गइरहेको छ । तिमी यसैका लागि जन्मिएकी हौं ।’ जेनेलियाले अघिल्लो वर्ष २५ नोमेम्बरमा छोराको जन्म दिएकी हुन् । छोराको नाम उनीहरुले रियान राखेका छन् । छोरो हुकँदै गएकाले जेनेलियाले अभिनयलाई निरन्तरता दिन लागेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु