तुलसी शिवाकोटीको ‘पिपल पाते ओठैले’ चर्चामा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७३, बिहीबार

गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो नामलाई स्थापित गराईसकेका छन् । विशेषगरि प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटी पछिल्लो समयमा ‘पिपल पाते ओठैले’ मार्फत चर्चा कमाएका छन् ।

विदेशमा भएर पनि गीत संगीतमा आफूलाई सक्रिय बनाइरहेका गायक शिवाकोटीको ‘पिपल पाते ओठैले’ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । म्युजिक भिडियोमा प्रवेश ढुंगाना ,अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ।tulsiदिलिप समनले निर्देशन गरेको भिडियो नेपालमा नै छायांकन गरिएको हो । श्रीराम अधिकारीकोको शब्द संकलन रहेको उक्त गितमा संगीत भने रियाज सिवाकोटीको रहेको छ । ‘मुहार’ एल्बममा रहेको यो गित धेरै स्रोताहरु , संगीत प्रेमीहरुको मन जित्न सक्ने गायककार तुलसी सिवाकोटीले बताए ।

स्मरण रहोस केहि दिन अगाडी साबजनिक गरिएको ‘ गर्नु गर्यो इन्टरनेट ले ‘ बोलको गित छोटो समय मा नै लाखौ नेपालीहरुले मन पराएका थिए । गायक सिवाकोटीको यसअघि ‘नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन ।

भिडियो:

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु