तेरियालाई नेपाल आउने प्रतिबन्ध ! फुकुवा हुन छ महिना बाँकी !

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७३, सोमबार

माघ १०, काठमाण्डौ ।  रुपन्देही निवासी नेपाली चेली तेरीया मगर हालै भारतीय टेलीभिजन अन्तरगत चर्चित कार्यक्रम झलक दिख्ला जा सिजन-९ को उपाधी जित्न सफल बनेकी छिन । यस अघि पनि उनले सन् २०१४ मा भएको भारतकै चर्चित सो ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को उपाधी पाइसकेकी छिन । लामो समय गरेको संघर्षको परिणाम स्वरूप तेरीयाले आफ्नो जिवनमा पाएको यो दोश्रो ठुलो सफलता हो ।teriya-magar

यो कुरा सत्य हो तेरीया मगर यतिबेला स्टार बनिसकेकी छिन । उनको जिवन सामान्य बालबालीका जस्तो छैन । उनले डिआइडी सिजन ३ को उपाधी जितेसंगै एक बन्धनमा बाधिएकी छिन । उनले एग्रिमेन्ट पेपरमा समेत हस्ताक्षर गरिसकेकी छिन । जुन हस्ताक्षरले उनलाई नेपाल मात्र नभइ कुनै देश भ्रमण गर्नु परेमा या बिदेशबाटै नेपालीहरूको निम्तो आएमा पनि कसैको अनुमती लिएर मात्रै जान पाउछिन । डिआइडी लिटिल च्याम्प बनिसकेपछि भारतीय संस्था डिआइडीले उनलाई तिन वर्षका लागि डीआईडीले अनुबन्धित गरेका कारण उनीहरूको अनुमतिबिना हिँड्न मिल्दैन ।

त्यसो त तेरीयाले १४ बर्षकै उमेरमा पन्ध्रभन्दा धेरै मुलुक पुगिसकेकी छिन् । उनलाई कुनै पनि मुलुकमा हुने कार्यक्रममा जाँदा सम्पूर्ण खर्च डीआईडीले दिँदै आए पनि कार्यक्रममा पाएको रकम आधा डीआईडीले लिने गरेको छ । उनको अनुबन्ध फुकुवा हुन अझै छ महिना बाँकी छ ।त्यो अवधीभर उनी संस्थाको अनुमतीमा काम गर्नुपर्छ । उनी यतिबेलापनि आफ्नो आमा र दिदीको साथ मुम्बईमा बस्दै आएकी छन् । उनले शिक्षा समेत मुम्बईकै एक बिद्यालयबाट लिइरहेकि छिन ।

Teriya Magar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु