‘दमिनी भीर’ लाई मदन पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७०, बिहीबार

२०६९ सालको मदन पुरस्कार आख्यानकार तथा गीतकार राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’ लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार आयोजित साधारण सभाले ‘दामिनी भीर’का लागि मुकारुङलाई ‘मदन पुरस्कार–२०६९’ प्रदान गर्ने निर्णय गरेको हो । सिमान्तकृत जनजीवनको चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पु¥याएवापत ‘दमिनी भीर’ का लागि मुकारुङलाई पुरस्कृत गर्ने निर्र्णय गरिएको मदन पुरस्कार गुठीले जनाएको छ । मुकारुङले आफ्नो उपन्यासमा सक्रमणकालिन नेपाली समाजको अवस्था, मनोबिज्ञान र जीवनशैली प्रस्तुत रहेका छन् । त्यस्तै, गुठीले जगदम्बा श्री पुरस्कारबाट बरिष्ठ गीतकार तथा कवि रत्नशम्शेर थापालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । करिब पाँच दशकयता नेपाली गीत तथा कविता लेखनमा सक्रिय रहँदै आएका थापालाई नेपाली भाषाको श्रीबृद्धिमा उल्लेखनीय योगदान पु¥याएवापत पुरस्कृत तथा सम्मानित गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत गूठीले जनाएको छ । दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु