दर्शकको मन जित्दै ‘बुख्याचा मन’

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७३, बिहीबार

चैत १७, काठमाडौं । सर्वनाम थिएटरले आफ्नो नाटकघरमा मञ्चन भइरहेको नाटक बुख्याचा मनको लोकप्रियता बढिरहेको छ । सर्वनामको प्रस्तुति रहेको यो नाटकमा राज शाहको लेखन तथा निर्देशन रहेको छ । जातीय विभेदमा मानवताको विषय उठान गरिएको नाटकमा आरोही शर्मा, आदित्य शर्मा, सुदर्शन अर्याल, प्रकाश केसी, शर्मिला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेल ‘लौरो’, नवीनचन्द्र अर्याल, विवेक आचार्य, सुशील गैह्रे, सगुन तामाङ, नितान्त ढकाल, रोशन अर्याल, विनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहले अभिनय गरिरहेका छन् । नाटक यही चैत १९ गतेसम्म बिहीबारबाहेक हरेक दिन बेलुका र शनिबार अतिरिक्त शो मञ्चन हुने सर्वनामले जनाएको छ ।Bukyacha-Man
दर्शकमा अत्याधिक रुचाइएपछि सर्वनामले दर्शकको माग भन्दै सो नाटकको प्रदर्शन अवधि एक साताका लागि थप गरेर नाटक मञ्चन गरिंदै छ । २५औं मञ्चनमा बिट मार्ने भनिएको नाटक बुख्याचा मन थप एक साताका लागि थप गरिएको हो । दर्शकले अत्यधिक मन पराएको नाटक बुख्याचा मन राजधानीको रंगमञ्चमा पछिल्लो समय चर्चा कमाउन सफल नाटक मानिएको छ ।

Bukyacha Manनाटकमा रुवाउने मात्रै होइन पेट मिचिमिची हँसाउने पात्र र परिवेशको पनि सृजना गरिएको छ । बिहीबारबाहेक हरेक दिन ५ बजे मञ्चन हुने नाटक शनिबार दुई शो देखाइएको छ । नाटक सुरुभएदेखि आजसम्म दर्शक खचाखच भरिएको निर्देशक राज शाहले बताएका छन् । नाटक हेर्न राजनीतिक दलका नेता र नाम चलेका कलाकार पनि पुगेका छन् । नाटकमा प्रयोग गरिएको पश्चिम नेपालको भाषा, लवज र पहिरनले धेरैको मन जितेको छ । नाटक लेखन पनि शाहले नै गरेका हुन् । लेखनको झण्डै दुई वर्षको अन्तरालमा मञ्चमा उतारेका हुन् ।
सर्वनामले पछिल्लो समयमा नाट्य र रंगमञ्चीय प्रस्तुतिमा आफूलाई सक्रिय बनाउँदै आएको छ ।Aarohi-Sharma

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु